logo

नेप्से ९.९६ अंकले घटेर २६८८.३२ विन्दुमा

    203   पटक पढिएको


९ वैशाख/अर्थ र व्यापार– यस साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । मंगलबार सयेर बजार परिसूचक नेप्से ९ दशमलब ९६ अंकले घटेर २६८८ दशमलब ३२ विन्दुमा झरेको छ । नेप्से घटेसँगै यसदिन अघिल्लो दिनको भन्दा कारोबार रकम पनि घटेको छ ।
होटल तथा पर्यटन, उत्पादन एवं प्रशोधन र अन्य उपसमुहको बाहेकका सूचक ओरालो लागेका कारण सेयर बजारमा समग्र गिरावट आएको हो । यसदिन लगानी उपसमुहको सेयर मुल्य १ दशमलब ८७ प्रतिशत, व्यापार उपसमुहको १ दशमलब ६५ प्रतिशत र विकास बैंक उपसमुहको १ दशमलब ६१ प्रतिशतले घटेको छ ।
यसदिन १ सय ६० वटा कम्पनीको सेयरमूल्य घटेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घटेर नेगेटिभ सर्किट लागेको छ । ८६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । दोस्रो बजार कारोबारमा आएको दिनदेखि नै लगातार सेयरमूल्य बढेको नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर कारोबार यसदिन पनि अग्र स्थानमै रहेको छ । यि दुवै कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
मंगलबार ८ अर्ब ३२ करोड १२ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक ङादी ग्रुप पावरको ४४ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि हिमालयन पावर पार्टनरको ४० करोड ९४ लाख रुपैयाँको र हिमालयन रि–इन्स्योरेन्सको ३६ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन पनि नेप्से ७.७५ अंकले घटेर २६ सय ९८ दशमलब २८ विन्दुमा थियो । अघिल्लो कारोबार दिन ८ अर्ब ७७ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो। यसदिन कारोबार रकम पनि अघिल्लो दिनको भन्दा पनि थप कम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।