logo

नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन लगानीकर्तालाई सेयर बजारले गर्यो स्वागत

नेप्से २७.१४ अंकले बढ्यो

    232   पटक पढिएको

२ बैशाख/अर्थ र व्यापार – नयाँ वर्ष २०८२ सालको पहिलो कारोबार दिन मंगलबार लगानीकर्तालाई सेयर बजार बढेर राम्रो स्वागत गरेको छ । यसदिन सेयर बजारको परिसूचक नेप्से २७ दशमलब १४ अंकले बढेको छ । सो अंकको वृद्धिपछि यसदिन नेप्से २६ सय ८९ दशमलब २२ विन्दुमा कायम भएको छ । नयाँ वर्षको पहिलो कारोबार दिन बिहान बजार खुलेदेखि नै क्रमशः नेप्से उकालो लागेर दिउँसो १ ः ५४ बजे २७ सय ०४ विन्दुसम्म पुगेको थियो, त्यो अंक पहिलो कारोबार दिनकालागि नै अधिकतम अंक रह्यो ।
यसदिन सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य बृृद्धि भएको छ । अघिल्लो कारोबार दिन ६ अर्ब २८ करोडको कारोबार भएकोमा मंगलबार ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८ सय ८७ रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन २१२ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ३४ वटा कम्पनीको सेयर मुल्य घटेको छ । यसदिन लगानीकर्ताबीच विकास बैंक र लगानी उपसमुहमा विशेष आकर्षण देखिएको छ । लगानी उपसमुहको सेयर मुल्य २ दशमलब ७१ प्रतिशत र विकास बैंक उपसमुहको २ दशमलब ४६ प्रतिशतले सेयर मुल्य बढेको छ । बैंकिङ उपसमुहको सुन्य दशमलब ४८ प्रतिशत , फाइनान्स उपसमुहको १.५९ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको १.९९ प्रतिशत , हाइड्रोपावर उपसमुहको १.४७ प्रतिशत , जीवन बीमा उपसमुहको ०.८१ प्रतिशत, उत्पादन उपसमुहको १.२२ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको ०.६० प्रतिशत, निर्जीवन बीमा उपसमुहको १.०७ प्रतिशत र अन्य उपसमुहको सेयर मुल्य ०.६१ प्रतिशतले बढेको छ ।
यसदिन व्यापार उपसमुहको सेयर मुल्य सुन्य दशमलब ६४ प्रतिशतले घटेको छ । पाँचवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको छ ।
बलेफी हाइड्रोपावरको मूल्य ९.६९ प्रतिशत घट्यो । विन नेपाल लघुवित्तको ६.१७ तथा आत्मनिर्भर लघुवित्तको ३.७१ प्रतिशत मूल्य घट्यो । धेरै कारोबार भएका कम्पनीहरुमा बलेफी हाइड्रोपावर सबैभन्दा अगाडि रहेको छ । त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, सीईडीबी होल्डिङस् र हिमालयन रिइन्स्योरेन्स कम्पनीको धेरै सेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।