logo

सेयर बजारमा गिरावट, नेप्से ३३.३३ अंकले घटेर २६७० विन्दुमा

    176   पटक पढिएको


२५चैत/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से ३३ दशमलब ३३ अंकले घटेर २६ सय ७० दशमलब ६ विन्दुमा कायम भएको छ । यसदिन कुल २३ कम्पनीको मूल्य बढ्दा २२१ वटा कम्पनीको सेयर मुल्य घटेको छ ।

सोमबार बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ८४ करोडको कारोबार भएकोमा यसदिन जम्मा ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार ७ सय ६६ रुपैयाँको कारोबार भएको छ । सबै उपसमुहका सेयर मुल्य सूचक घटेका छन् । यसदिन व्यापार उपसमुहको सयेर मुल्य सबैभन्दा धेरै ३ दशमलब १ प्रतिशतले घटेको छ । बैंकिङ उपसमुहको ०.९७, विकास बैंक उपसमुहको १.११, होटल तथा पर्यटन उपसमुहको १.३५, फाइनान्स उपसमुहको २.२६, हाइड्रोपावर उपसमुहको १.३७ प्रतिशतले घटेको छ ।

लगानी उपसमुहको १.६९ प्रतिशत , जीवन बीमा उपसमुहको ०.८३ प्रतिशत , उत्पादन उपसमुहको १.४२ प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको १.०३ प्रतिशत , निर्जीवन बीमा उपसमुहको १.२२ प्रतिशत र अन्य उपसमुहको ०.४४ प्रतिशतले सेयर मुल्य घटेको छ ।

यसदिन अपरहेवाखोलाको सेयरमूल्य सबैभन्दा धेरै ९ प्रतिशतले घट्यो । हिमालयन पावर पार्टनरको ४.३२ प्रतिशत र समृद्धि फाइनान्सको ४.०१ प्रतिशतले घटेको छ ।
बलेफी हाइड्रोपावर कम्पनीको सयेर मूल्य सबैभन्दा धेरै ७ दशमलब ४६ प्रतिशतले बढेको छ । त्यस्तै बुटवल पावरको ६.६३ प्रतिशत, सिन्धु विकास बैंककोे ६.४४ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको ६.११ प्रतिशतले बढेको छ ।
हिमालयन रि इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, राधि विद्युत् र हिमालयन पावर पार्टर कारोबारका आधारमा क्रमशः शीर्ष पाँच कम्पनीभित्र परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।