logo

सेयर बजारमा पहिरो,नेप्से ५४.६२ अंकले घट्यो

    106   पटक पढिएको


१० चैत/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यसदिन नेप्से परिसूचक ५४ दशमलब ६२ अंकले घटेर २६ सय १४ दशमलब ६८ विन्दुमा झरेको छ । आइतबार बिहान बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको सेयर बजार दिनभर क्रमशः घटेर नेप्से २६ सय १४ विन्दुमा ओर्लिएको हो ।
अघिल्लो दिन ४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन ६ अर्ब ३२ करोड १ लाख ४१ हजार ३ सय ६५ रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन जम्मा १३ वटा कम्पनीको सेयर मूल्य मात्र बढेको छ । २ सय ३० वटा कम्पनीको सेयर मुल्य घटेको छ । आइतबार सबै उपसमुहका सेयर मुल्य सूचक घटेका छन् ।
बैंकिङ उपसमुहको सेयर मुल्य १.४७ प्रतिशत, विकास बैंक उपसमुहको २.४२ प्रतिशत, फाइनान्स २.९९ प्रतिशत, होटल तथा पर्यटन २.२३ प्रतिशत, हाइड्रोपावर २.३३ प्रतिशत, लगानी २.०५ प्रतिशत, जीवन बीमा १.८५ प्रतिशत, उत्पादन तथा प्रशोधन १.४६ प्रतिशत, माइक्रोफाइनान्स २.३६ प्रतिशत, निर्जीवन बीमा २.०७ प्रतिशत, अन्य १.७४प्रतिशत र व्यापार उपसमुहको सेयर मुल्य २.८५ प्रतिशतले घटेको छ ।
यसैगरी, मिथिला लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । भूगोल इनर्जीको ७ दशमलब २ प्रतिशत, सयपत्री हाइड्रोको ६.४ प्रतिशत, मायाखोला हाइड्रोको ५.६६ प्रतिशत, अपरसोलु हाइड्रोको ५.४६ प्रतिशतले सेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुर्नबीमा कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र सिन्धु विकास बैंक क्रमशः अगाडि रहेको छ । यसदिन सबैभन्दा धेरै सेयर मूल्य बढ्नेमा डिवेन्चर अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।