logo

सानिमा रिलायन्सको ८ प्रतिशत नगद लाभांश र बोनस सेयर वितरण प्रस्ताव पारित 

    223   पटक पढिएको

१० चैत/अर्थ र व्यापार – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभाले सेयरधनीका लागि लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनी अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको सभाबाट ८ प्रतिशत नगद लाभांश र १.२४८९ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव पारित भएको हो ।
सो सभामा अध्यक्ष केडियाले कम्पनीको वार्षिक विवरण पेस गरेका थिए । साधारण सभाले आव २०८०/८१ वार्षिक प्रतिवेदनसहित लेखा परीक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पुँजी ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार २ सय २४ रुपैयाँको ८ प्रतिशतका दरले हुनेरकम ३९ करोड ६२ लाख ४५ हजार २१८ रुपैयाँ बराबरको नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित) वितरण गर्ने साथै विद्यमान चुक्ता पुँजीको १.२४८९ प्रतिशतका दरलेहुने रकम ६ करोड १८ लाख ५८ हजार ८३२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले बोनस सेयर तथा नगद लाभांश वितरणपछि हुने सेयर संरचना बमोजिम जारी पुँजी र चुक्ता पुँजी वृद्धि गरि .५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रुपैयाँ पु¥याउने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी आव २०८१÷८२ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण प्रस्तावसमेत पारित गरेको छ । सो साधारण सभामा अध्यक्ष केडियाले सेवाग्राहीबीच आफ्नो पृथक पहिचान स्थापित गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीले गुणस्तरीय तथा विश्वसनीय व्यवसायको सबै परिसूचकहरुमा निरन्तर वृद्धिगरीरहेको दावी गरे। उनले आगामी वर्षहरुमा पनि कम्पनीलाई गुणस्तरीय तथा दीर्घकालीन व्यवसायमार्फत जीवन बीमा क्षेत्रमा अलग पहिचान दिलाउने अथक प्रयास रहंने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।