logo

२१.६३ अंकले घट्यो सेयर बजार

    208   पटक पढिएको


३ चैत/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से २१ दशमलब ६३ अंकले घटेको छ । सो गिरावटपछि नेप्से २७ सय १४ दशमलब ८५ विन्दुमा झरेको छ ।
यसदिन कारोबारमा आएका विभिन्न कम्पनीहरु मध्ये २०६ वटा कम्पनीको सेयर मुल्य घटेको छ । ६ वटा कम्पनीको सेयर मुल्य स्थिर रहेको छ भने जम्मा ३२ वटा कम्पनीको सेयर मुल्य मात्र बढेको छ । आइतबार सुन्य दशमलब ७९ प्रतिशतले सेयर बजार घटेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

यसदिन कुल ३ सय १६ वटा कम्पनीको १ करोड ३९ लाख ७४ हजार ४ सय ५२ कित्ता सेयर खरिदविक्री भएको छ । आइतबार ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४ सय ७ रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन व्यापार उपसमुहको सेयर मुल्य बाहेक सबै उपसमुहको सेयर मूल्य घटेको छ ।

यसदिन सबैभन्दा धेरै विकास बैंक समूहका लगानीकर्ताले गुमाएका छन् । यस उपसमुहको सेयर मूल्य २ दशमलब २५ प्रतिशतले घटेको छ । व्यापार उपसमुहको सेयर मुल्य ४ दशमलब ९२ प्रतिशतले बढेको छ । आइतबार सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । सो संस्थाको सेयर मूल्य ८ दशमलब १९ प्रतिशतले बढेर २ हजार ३ सय ९० रुपैयाँ पुगेको छ ।

त्यसपछि विशाल बजार कम्पनी, आरएसडीसी लघुवित्त वित्तीय संस्था, अपर हेवाखोला हाइड्रो सहितको सेयर मूल्य बढेको छ । यसदिन ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । सो बैंकको सेयर मूल्य ७ दशमलब ९१ प्रतिशतले घटेर १ हजार २ सय ५८ रुपैयाँमा झरेको छ ।

यस दिन पिपुल्स हाइड्रोपावर, विन नेपाल लघुवित्त वित्तीय संस्था, प्रभु इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक लगायतका लगानीकर्ताले धेरै गुमाएका छन् । हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन नेप्से १७ दशमलब २८ अंकले बढेर २७ सय ३६ दशमलब ४८ विन्दुमा थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।