logo

सेयर बजार बढ्नेक्रम कायमै, ११ अर्ब बढीको कारोबार

    176   पटक पढिएको


१२ फागुन/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको छ । यसदिन सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३.३५ अंकले बढेर २७ सय ५८ विन्दुमा पुगेको छ । सोमबार सहित नेप्से लगातार बढेको छैटौं कारोबार दिन हो ।
सेयर बजार बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ११ अर्ब ५४ करोडको कारोबार भएको गियो । यसदिन ११ अर्ब ८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन ९० वटा कम्पनीको मूल्य बढ्दा १ सय ४५ को घट्यो भने ९ को स्थिर रह्यो । अन्य समूह सबैभन्दा धेरै २.५ प्रतिशत बढ्यो ।
यसदिन लगानी उपसमुहको ०.९८प्रतिशत , उत्पादन उपसमुहको ०.९७ प्रतिशत र बैंकिङ उपसमुहको ०.०९ प्रतिशतले सेयर मुल्य बढेको छ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । राप्ती हाइड्रोको ९.४, बोटलर्स नेपाल बालाजुको ८, नेपाल हाइड्रो डेभलपर्सको ७.१ तथा नेपाल पुनर्बीमा कम्पनीको मूल्य ६.४ प्रतिशत बढ्यो ।
यसदिन फाइनान्स उपसमूहको सेयर मुल्य सबैभन्दा धेरै १ दशमलब २१ प्रतिशतले घट्यो । विकास बैंक ०.०९ प्रतिशत, होटल तथा पर्यटन ०.८७ प्रतिशत, हाइड्रोपावर ०.१५प्रतिशत, जीवन बीमा ०.९२ प्रतिशत, माइक्रोफाइनान्स ०.६३ प्रतिशत , निर्जीवन बीमा ०.७४ प्रतिशत र व्यापार उपसमुहको ०.२६ प्रतिशतले सेयर मुल्य घटेको छ ।
विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ५.४२, लक्ष्मी लघुवित्तको ५.३८, रिलायन्स फाइनान्सको ४.६८ तथा एनएलजी इन्स्योरेन्सको ४.४८ प्रतिशत घट्यो ।
हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ८९ करोड ३५ लाखको कारोबार भएको छ । त्यस्तै नेपाल पुनर्बीमाको ८० करोड ६७ लाखको कारोबार भएको छ । त्यसपछि, एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर तथा सीईडीबी होल्डिङस् क्रमशः कारोबार रकमका आधारमा अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।