logo

नेप्से झिनो अंकले बढेर २६८५ विन्दुमा, ८ अर्ब ७१ करोडको कारोबार

    243   पटक पढिएको


३० माघ/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से झिनो अंकले बढेको छ । यसदिन नेप्से जम्मा १ दशमलब ८६ अंकले बढेर २६सय ८५ दशमलब ७३ विन्दुमा कायम भएको छ ।
यसदिन नेप्से परिसूचकमा सामान्य वृद्धि भएसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ७ अर्ब २४ करोडको कारोबार भएको थियो ।
यसदिन कारोबारमा आएका मध्ये १ सय ३४ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ९९ वटा कम्पनीको घट्यो भने ११ वटा कम्पनीको सेयर मुल्य स्थिर रह्यो । यस दिन विकास बैंक, फाइनान्स र लगानी उपसमुहमा लगानीकर्ताको आकर्षण देखिएको छ । विकास बैंक १ दशमलब ३३ प्रतिशत, फाइनान्स १ दशमलब ५६ प्रतिशत र लगानी उपसमुहको सेयर मुल्य १ दशमलब २२ प्रतिशतले बढेको छ ।
यसैगरी, जीवन बीमा उपसमुहको सेयर मुल्य सुन्य दशमलब ४८ प्रतिशतले बढेको छ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । रिभरफल्स पावरको ८.०२, न्यादी हाइड्रोपावरको ७.५९, ग्रीन डेभलपमेन्ट बैंकको ७.४६, सिन्धु विकास बैंकको ७.०८ तथा भूगोल इनर्जीको ७.०७ प्रतिशत मूल्य बढ्यो ।
यसदिन बैंकिङ उपसमुहको ०.०९ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको ०.६३ प्रतिशत, हाइड्रोपावर उपसमुहको ०.०४प्रतिशत, उत्पादन उपसमुहको ०.३१ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको ०.११ प्रतिशत, निर्जीवन बीमा उपसमुहको ०.०३ प्रतिशत, अन्य उपसमुहको सुन्य दशमलब ४७ प्रतिशत र व्यापार उपसमूहको सेयर मुल्य सुन्य दशमलब ९१ प्रतिशतले घटेको छ ।
दुई कम्पनी उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घट्यो । रसुवागढी हाइड्रोपावरको ९ दशमलब ३ प्रतिशत, बाराही हाइड्रोको ४ दशमलब ८ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा यसदिन एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, रिभर फल्स पावर, न्यादी हाइड्रोपावर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।