logo

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा ५.४० गुणाबढी आवेदन

    208   पटक पढिएको


२३ माघ/अर्थ र व्यापार – क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम चरणको आइपीओमा मागको ५.४० गुणा आवेदन परेको छ ।
सो इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई २ लाख २५ हजार कित्ता आइपीओ निष्कासन गरेकामा १२ लाख १५ हजार ८० कित्ताको लागि आवेदन परेको हो।
सीडीएस एण्ड क्लिरियङका अनुसार ४३ हजार ९ सय ९० आवेदकले आवेदन दिएका छन्। इन्स्योरेन्सले पहिलो चरणमा १५ माघदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई आइपीओ खुलाएको थियो ।
सो कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल २२ करोड ५० लाख रुपैयाँको आइपीओ निष्कासन गर्दैछ । इन्स्योरेन्सले दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ बिक्री गर्नेछ।
सेबोनबाट गत ३ माघमा अनुमति पाएपछि यस कम्पनीले आइपीओ निष्कासन अघि बढाएको हो । नेपाल बीमा प्राधिकरणबाट २०७९ सालको मंसिरमा लाइसेन्स पाएको यस कम्पनीले गत वर्षदेखि व्यवसाय गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।