logo

नेप्से ४९.१२ अंकले बढ्यो,६ अर्ब ३० करोड बढीको कारोबार

    252   पटक पढिएको


२२ पुस/अर्थ र व्यापार – सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । आइतबार सामान्य अंकले बढेको सेयर बजार परिसूचक नेप्से सोमबार ४९ दशमलब १२ अंकले बढेर हाफ सेन्चुरी हानेको छ ।
यसदिन नेप्से ४९.१२ अंकले बढेर २६ सय ४० दशमलब ६८ विन्दुमा उक्लिएको छ । कारोबारमा आएका सबै उपसमूहले बजार बढाएका हुन् । हाइड्रोपावरको सूचक सर्वाधिक ३ दशमलब ५५ प्रतिशतले उकालो लागेको छ ।
६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको २९ करोड ९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, साहस ऊर्जा १३ करोड ६५ लाख र पिपुल्स हाइड्रोपावर कम्पनीको १३ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन इन्भेष्टमेन्ट ३.२३, होटल तथा पर्यटन २.९९ र विकास बैंकको सूचक २.४६ प्रतिशतले बढेको छ । सोमबार २ सय२६ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन्। १२ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने ४ वटा स्थिर रहेको छ ।
यसदिन आत्मनिर्भर लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । यसैगरी? दुई वटा कम्पनीको सेयर मूल्य घटेर नेगेटिभ सर्किट लागेको छ । उपकार लघुवित्त र सामुदायिक लघुवित्तको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।