logo

सिंगल अंकले घट्यो सेयर बजार

    242   पटक पढिएको


३ पुस/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन बुधबार पनि सेयर बजारम गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार यसदिन नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा झरेको छ ।
यसदिन ८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १२ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । पछिल्ला दिनहरूमा नेप्सेसँगै सेयर कारोबार रकम पनि निरन्तर घटिरहेको छ ।
कुल ३ सय १४ वटा कम्पनीको ८१ लाख ४७ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनीको भएको छ । जानकीको १५ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको हो ।
यस्तै, रिभर फल्स पावरको १२ करोड ६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ११ करोड ६० लाख, नेपाल फाइनान्सको १० करोड ७५ लाख, सिकलेस हाइड्रोपावरको ८ करोड ९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
यसदिन उपकार लघुवित्त वित्तिय संस्था र सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९० प्रतिशतले घटेको छ ।साथै, ३ वटा उपसमूहमा बाहेक सबै उपसमूह राताम्मे रहेका छन् ।
वित्त समूह १.०७, लघुवित्त समूह ०.०९ र व्यापार समूह ०.५० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.३६, विकास बैंक ०.१६, होटल तथा पर्यटन ०.४२, जलविद्युत् ०,३६, लगानी ०.३२ र जीवन बिमा समूह ०.३३ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन ०.३२, म्युचुअल फण्ड ०.२६, निर्जीवन बिमा ०.१४ र अन्य समूह ०.३७ अंकले घटेकोे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।