logo

सेयर बजारमा सामान्य अंकको करेक्सन,लगानीकर्ताको ध्यान मौद्रिक नीतिको समिक्षामा

    230   पटक पढिएको


१३ मंसिर/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबारदिन बिहीबार सेयर बजारमा सामान्य अंकको करेक्सन देखिएको छ । यसअघि लगातार तिनदिन बढेको सेयर बजार अघिल्लो कारोबार दिनको भन्दा बिहीबार सेयर बजारको परिसूचक नेप्से ८.३० अंकले घटेर २७ सय ४८ विन्दुमा झरेको छ ।
यसदिन सेयर बजार घट्दा कारोबार रकम पनि अघिल्लो दिनको भन्दा केही घटेको छ । अघिल्लो दिन सेयर बजारमा ९ अर्ब ३१ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो । यसदिन ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३७३ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका कुल ३ सय ७ वटा कम्पनीहरु मध्ये यसदिन जम्मा ४९ वटा कम्पनीको मूल्य बढेका छन् भने १९५ वटाको सेयर मुल्य घटेको छ । यसदिन सेयर बजारलाई व्यापार उपसमुहको विशाल बजार कम्पनीले मात्र उचालेको देखिन्छ ।
बिहीबार व्यापार उपसमूहको ९.२५ प्रतिशत सेयर मुल्य बढ्यो । विशाल बजार कम्पनीको मूल्य १० प्रतिशत बढ्दा व्यापार समूह ९ प्रतिशत बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार व्यापार उपसमूहमा साल्ट ट्रेडिङ लिमिटेड र विशाल बजार कम्पनी मात्र सूचीकृत छन् । पूँजीकरणका आधारमा साल्ट ट्रेडिङ भन्दा विशाल बजार कम्पनी १० गुणा शक्तिशाली छ । सोही कारण व्यापार उप समूहलाई विशाल बजारले पूर्ण प्रभाव पार्ने गरेको छ ।
त्यसपछि विकास बैंकउपसमुहको सूचक १.०५ प्रतिशतले बढेको छ र अनि जीवन बीमा उपसमुहको ०.४७ प्रतिशतले बढेको छ ।
यसदिन बैंकिङ उपसमुहको ०.८७ प्रतिशत , फाइनान्स ०.९७ प्रतिशत , होटल तथा पर्यटन ०.८० प्रतिशत, हाइड्रोपावर १.५८प्रतिशत, लगानी उपसमुहको ०.८७ प्रतिशत , उत्पादन ०.८६, माइक्रोफाइनान्स ०.६२ प्रतिशत , निर्जीवन बीमा ०.५४प्रतिशत र अन्य समूह १.४१ प्रतिशतले घटेको छ ।
बिहीबार विशाल बजार कम्पनी, विन नेपाल लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । पाँचथर पावरको ८.३, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८.१, जानकी फाइनान्सको ७.८, मितेरी विकास बैंकको ५.३ प्रतिशतले सेयर मूल्य बढ्यो ।
यसदिन सबैभन्दा धेरै मानुषी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घट्यो । अपर स्याङ्गे हाइड्रोपावरको ८.६ प्रतिशत र कर्णाली विकास बैंकको ६.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एक्सल डेभपमेन्ट बैंक, नेपाल फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, जानाकी फाइनान्स र ङादी ग्रुप पावर क्रमशः अगाडि रहेको छ ।
यो कारोबार दिनलाई लगानीकर्ताले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्न लागेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा के कस्तो आउँदै छ भन्नेतर्फ बढी ध्यान दिएको देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।