logo

उकालो यात्रामा सेयर बजार, नेप्से ३३.४१ अंकले बढ्यो

    311   पटक पढिएको


११ मंसिर/अर्थ र व्यापार – यो साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार उकालो लागेको छ । अघिल्लो दिनको लय समात्दै यसदिन नेप्से परिसूचक ३३.४१ अंकले बढेर २७ सय १६ दशमलब ६६ विन्दुमा पुगेको छ ।
यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन पनि सेयर बजार १५ दशमलब ८ अंकले बढेको थियो । मगलबार कारोबारमा आएका सबै उपसमूहको सूचक बढेको छ ।
यसदिन हाइड्रोपावर उपसमुहको सूचक सर्वाधिक १ दशमलब ९७ प्रतिशतले बढेको छ । कारोबारमा आएका कुल ३ सय १२ वटा कम्पनीहरु मध्ये मंगलबार सेयर बजार उकालो लाग्दा २ सय १० वटा कम्पनीको सेयर मुल्य बढेको छ । ३३ वटाको घटेको छ भने एउटा कम्पनीको सेयर मुल्य स्थित रहेको छ । यसदिन विभिन्न २ सय १० वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
यसदिन तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड आइडीआई मर्दी आरबी हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसदिन सेयर बजार बढ्दापनि थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यसैगरी मंगलबार देखि नै वित्तीय अवस्था सुधार्न ६ महिनाको समय दिँदै राष्ट्र बैंकले कारोबारमा रोक लगाएको कर्णाली विकास बैंकको सेयर मुल्यमा पनि नकारात्मक प्रभाव परेको छ । यस बैंकको सेयरमूल्यमा ८ दशमलब ४५ प्रतिशतको गिरावट आएको छ ।
यसदिन कुल ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक नेपाल फाइनान्सको ४५ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी, ङादी ग्रुप पावर ३३ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर २८ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन जम्मा ६ अर्ब ३४ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो। मंगलबार कारोबार रकम पनि केही बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।