logo

लयमा फर्किंदै सेयर बजार , १५.८३ अंकले बढ्यो नेप्से

    247   पटक पढिएको

 

१० मंसिर/अर्थ र व्यापार – यो साताको सोमबार सेयर बजारको परिसूचक नेप्से १५ दशमलब ८३ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६ सय ८३ दशमलब २४ विन्दुमा आइपुगेको छ । सेयर बजार बढेपनि यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ७ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन जम्मा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५९७ रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन कुल १ सय ६९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६७ वटाको घटेको छ । ९ वटा कम्पनीको सेयर मुल्य स्थिर रह्यो ।
सोमबार सबैभन्दा धेरै फाइनान्स उप समूहको सेयर मुल्य सूचक २.२७ प्रतिशतले बढ्यो । बेस्ट फाइनान्स र सुपरमादी हाइड्रोपावरको सेयर मूल्य ९.९ प्रतिशतले बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८, स्वाभिमान लघुवित्तको ९.७, सप्तकोशी विकास बैंकको ९.६, विन्ध्यबासिनी हाइड्रोपावरको ८.५, एनएलजी इन्स्योरेन्सको ७.४, थ्रीस्टार हाइड्रोपावरको ७.२ प्रतिशत मूल्य बढ्यो । यसदिन सामुदायिक लघुवित्तिय संस्थाको सेयर मुल्यमा सर्किट लागेको थियो ।
यसैगरी, बैंकिङ ०.११, विकास बैंक १.२१, होटल तथा पर्यटन १.२४, हाइड्रोपावर ०.४४, लगानी १.०५, जीवन बीमा ०.२३, माइक्रोफाइनान्स ०.१९, निर्जीवन बीमा १.२७, अन्य १.६८ र व्यापार समूह ०.०९ प्रतिशत बढेको छ । यसदिन उत्पादन उप समूहको सेयर मुल्य ०.२३ प्रतिशतले घटेको छ ।
ङादी ग्रुप पावरको १० प्रतिशत मूल्य घट्यो । जानकी फाइनान्सको ३.४ तथा मध्यभोटेकोशीको २.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, बेस्ट फाइनान्स, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।