logo

सामान्य अंकले घट्यो सेयर बजार,फाइनान्समा लगानीकर्ताको आकर्षण

    240   पटक पढिएको


२८ कात्तिक/अर्थ र व्यापार – यो साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से १४ दशमलव १२ अंकले घटेको छ । सो अंकको गिरावटपछि पेन्से २७ सय ३४ विन्दुमा आइपुगेको छ ।
यसदिन सेयर बजार घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । अघिल्लो दिन ७ अर्ब ८५ करोडको कारोबार भएको थियो । मंगलबार कुल ७ अर्ब ९१ करोडको सेयर कारोबार भएको थियो ।
यसदिन ९९ वटा कम्पनीको मूल्य बढ्दा १ सय ३८ वटाको घट्यो भने ७ वटाको स्थिर रह्यो । मंगलबार फाइनान्समा लगानीकर्ताको आकर्षण देखिएको छ । समग्र बजार घट्दा पनि फाइनान्स उपसमुहको ४ दशमलब २ प्रतिशतले सेयर मुल्य बढेको छ । यसैगरी, विकास बैंक उपसमुहको सेयर मुल्य १ दशमलब ४७ प्रतिशत र हाइड्रोपावर सूचक सुन्य दशमलब ८१ प्रतिशतले बढेको छ ।
सप्तकोशी विकास बैंक, सिर्जनशील लघुवित्त, मकर जितुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मूल्य १० प्रतिशत बढ्ेको छ । रावा इनर्जीको ९.९१, बलेफी हाइड्रोपावरको ९.८८, सपोर्ट माइक्रोफाइनान्सको ९.१५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

बैंकिङ उपसमुहको १ दशमलब ३७ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब ०६ प्रतिशत , लगानी उपसमुहको १ दशमलब ११ प्रतिशत , जीवन बीमा उपसमुहको १ दशमलब १९ प्रतिशत , उत्पादन क्षेत्र उपसमुहको सुन्य दशमलब ९६ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको सुन्य दशमलब ३७ प्रतिशत , निर्जीवन बीमा उपसमुहको १ दशमलब २३ प्रतिशत, अन्य समुहको सुन्य दशमलब ८३ प्रतिशत र व्यापार समूहको १ दशमलब ६१ प्रतिशतले घटेका छन् ।
कुथेली बुकरी स्मल हाइड्रोपावरको १० प्रतिशत मूल्य घट्यो । समाज लघुवित्तको ४.९३, एनएलजी इन्स्योरेन्सको ४.०४ तथा बुटवल पावरको मूल्य ३.६३ प्रतिशत घट्यो । यसदिन कारोबार रकमका आधारमा जानाकी फाइनान्स, पोखरा फाइनान्स, सप्तकोशी विकास बैंक, समृद्धि फाइनान्स र पिपुल्स हाइड्रोपावर क्रमशः अगाडि रहेका छन् ।
पछिल्लो लगातार दोस्रो दिन पनि घटेको सेयर बजारलाई ९ वटा उपसमूहले घटाएको हो । यसदिन सेयर बजारमा १ सय ३८ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन भने ९९ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । ५ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको पोजेटिभ सर्किट लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।