logo

सेयर बजारमा सामान्य अंकको करेक्सन

    289   पटक पढिएको


२७ कात्तिक/अर्थ र व्यापार – यो साताको पछिल्ला दुई कारोबार दिन निरन्तर बढेको सेयर बजार मंगलबार भने सामान्य अंकले घटेको छ । सामान्य करेक्सन भएको हो।
यस दिन सामान्य करेक्सन देखिएर नेप्से परिसूचक ११ दशमलब २४ अंकले घटेर २७ सय ४८ दशमलब ९६ विन्दुमा झरेको छ । यसैगरी, सेन्सेटिभ इण्डेक्स पनि १ दशमलब ९३ अंकले घटेको छ । यसअघिका दुई कारोबार दिनमा नेप्से परिसूचक ८४दशमलब ६८ अंकले बढेको थियो । अहिले सेयर बजार बढेको अवसरमा छोटो अवधीका लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा मंगलबार सेयर बजारमा समान्य करेक्सन देखिएको सम्बन्धीत सरोकारवालाहरुले आंकलन गरेका छन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्सेसँगै सेयर कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा धेरै घटेको छ । अघिल्लो कारोबार दिन सोमबार ११ अर्ब ३१ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो । यस दिन ३ सय १२ वटा कम्पनीको ८२ हजार ५ सय ७० पटकको कारोबारमा जम्मा ७ अर्ब ८५ करोड ९७ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ ।
यसैगरी, यसदिन समग्रमा सेयर बजारमा समान्य अंकको करेक्सन आएपनि ५ वटा कम्पनीको सेयर मुल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । यस दिन गुराँस लघुवित्त वित्तीय संस्था, मेन्छियाम हाइड्रोपावर, बेष्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको सेयर र सम्बृद्धि फाइनान्सको सेयर मुल्य सकारात्मक सर्किट लेभलमा बढेको छ ।
यस दिन गुडविल फाइनान्सको सेयर मूल्य भने सर्वाधिक ९ दशमलब ३६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा पनि यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ । यस फाइनान्सको २९ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कुल १३ वटा उपसमूह मध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १दशमलब १२ प्रतिशत बढेको छ । निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ । अन्य उपसमूहको परिसूचक घटेको छ । यसदिन कारोबारमा आएका सबै कम्पनीहरु मध्ये ८० वटा कम्पनीका लगानीकर्ताले कमाएका छन । १५७ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन भने ७ वटा कम्पनीको सेयर मुल्य स्थिर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।