logo

सेयर बजार बढेर २६९२ अंकमा ,सबै सूचक बढेर ६ अर्ब १२ करोडको कारोबार

    263   पटक पढिएको


१३ कात्तिक/अर्थ र व्यापार – यो साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४६ दशमलब ६९ अंकले बढेर २६ सय ९२ विन्दुमा उक्लिएको छ ।
यसदिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब ३३ करोडको कारोबार भएकोमा मंगलबार मंगलबार कुल ६ अर्ब १२ करोडको भयो । यस दिन बजार खुलेदेखि दिनभर हरियाली रह्यो । बजार बन्द हुँदाको अंक नै दिनभरको उच्चतम अंक हो ।
यसदिन कुल २ सय २१ कम्पनीको सेयर मूल्य बढ्दा १७ वटा कम्पनीको मुल्य घट्यो भने ५ वटाको स्थिर रहेको छ ।
मंगलबार सबै समूहका सूचक बढेका छन् । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३ दशमलब ६ प्रतिशत बढेको छ । बैंकिङ उपसमुह १.६० प्रतिशत , विकास बैंकउपसमुह २.३२ प्रतिशत , फाइनान्स ०.३८ प्रतिशत , होटल तथा पर्यटन २.७७ प्रतिशत , हाइड्रोपावर २.०३ प्रतिशत , लगानी १.३६ प्रतिशत , जीवन बीमा १.८० प्रतिशत , उत्पादन ०.९७ प्रतिशत , माइक्रोफाइनान्स १.५ प्रतिशत , अन्य समुह १.५७ प्रतिशत तथा व्यापार समूह ०.३५ प्रतिशतले बढेको छ ।
यो दिन चारवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्स्योरेन्स, कुथेली बुकरी स्मल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले बढेको छ ।
यसैगरी, समाज लघुवित्तको ९.१८ प्रतिशत , माउन्टेन इनर्जीको ७.३४ प्रतिशत , खानीखोला हाइड्रोको ६.७ प्रतिशत , हिमालयन एभरेस्ट इन्स्योरेन्सको ६.५ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा समृद्धि फाइनान्स, पिपुल्स हाइड्रोपावर, सप्तकोशी विकास बैंक, जानाकी फाइनान्स र साहस ऊर्जा क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।