logo

सेयर बजारमा हरियाली, सबै सूचक बढेर ५ अर्ब ३४ करोडको कारोबार

    269   पटक पढिएको

१२ कात्तिक/अर्थ र व्यापार – यो साताको दोस्रो कारोबार दिन सोमबार भने सेयर बजारमा हरियाली छाएर सबै सूचक बढेका छन् । यसदिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७ दशमलब ४१ अंकले बढेर २६ सय ४५ दशमलब ३६ विन्दुमा कायम भएको छ ।
आइतबार नेप्सेसँगै सेन्सिटिभ सूचक ०.६८ प्रतिशतले बढेको छ । यसदिन सबै सेक्टरका सूचक बढेका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोडको कारोबार भएको थियो भने यसदिन ५ अर्ब ३४ करोड ४८ लाख ९सय १२ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा आएका कुल ३ सय ७ वटा कम्पनीहरु मध्ये २ सय १३ वटा कम्पनीको सेयर मूल्य बढेको छ । २८ वटा कम्पनीको सेयर मुल्य घट्यो भने २ वटाको स्थिर रह्यो ।
यसदिन फाइनान्स उपसमूहका सेयर मुल्य सबैभन्दा धेरै ३ दशमलब ४६ प्रतिशत बढ्यो । बैंकिङ उपसमुह तर्फ ०.३६ प्रतिशत, विकास बैंक उपसमुहको १.५७ प्रतिशत , होटल तथा पर्यटन उपसमुह १.१७ प्रतिशत, हाइड्रोपावर १.५८ प्रतिशतले बढेका छन् ।
यसैगरी, लगानी उपसमुह ०.८५ प्रतिशत, जीवन बीमा उपसमुह १.८४ प्रतिशत , उत्पादन क्षेत्र १.३४ प्रतिशत , माइक्रोफाइनान्स उपसमुह १.२६ प्रतिशत , निर्जीवन बीमा ०.६४ प्रतिशत, अन्य समुह ०.५७ प्रतिशत तथा व्यापार समुह ०.७५ प्रतिशतले बढेका छन् ।
यसैगरी, जानाकी फाइनान्स, दोल्ती पावरको मूल्य १० प्रतिशतले बढेको छ । यसदिन सबैभन्दा धेरै जानकी फाइनान्स र दोल्ती पावरका लगानीकर्ताले कमाएका छन् । आइतबर यी २ वटा कम्पनीले १० प्रतिशतको सर्किट लगाएको थियो ।
रिभर फल्स पावरको ९.५४ प्रतिशत, मेन्छियाम हाइड्रोपावरको ९.१३ प्रतिशत , मायाखोला हाइड्रोपावरको ६.९९ प्रतिशत , प्रोग्रेसिभ फाइनान्सको ६.६२ प्रतिशत तथा बेस्ट फाइनान्सको ६.५७ प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।