logo

साताको अन्तिम कारोबार दिन पनि फर्किएन सेयर बजार, नेप्से १८.२५ अंकले घट्यो

    252   पटक पढिएको



८ कात्तिक/अर्थ र व्यापार – यो साताको अन्तिम कारोबार दिन पनि सेयर बजार सम्हालिएर फर्किन सकेन । अघिल्लो दिनबाट ओरालो लागेको सेयर बजारको गिरावटले बिहीबार पनि निरन्तरता पाएको छ । यो साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १८ दशमलब २५ अंक घटेर २६ सय २७ विन्दुमा ओर्लिएको छ । सेयर बजारको परिसूचकसँगै यसदिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब २७ करोडको कारोबार भएकोमा बिहीबार जम्मा ५ अर्ब ४१ करोडमा मात्र सेयर खरिदविक्री भएको छ ।
यस दिन ६७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ७ को स्थिर रह्यो । यसदिन पनि बैंकिङ समूहले नै सेयर बजारलाई तल झार्न बल पु¥याएको देखिएको छ ।
यसदिन नेप्से परिसूचक ०.६८ प्रतिशत मात्रै झर्दा पनि बैंकिङ समूह भने १.०२ प्रतिशत घट्ेको छ । यसैगरी, विकास बैंक ०.७९ प्रतिशत , फाइनान्स ०.८८ प्रतिशत , होटल तथा पर्यटन ०.८७ प्रतिशत , लगानी ०.९२ प्रतिशतले घटेको छ ।

यसैगरी, जीवन बीमा ०.५२ प्रतिशत, उत्पादन १.२६ प्रतिशत , माइक्रोफाइनान्स ०.८१ प्रतिशत , निर्जीवन बीमा ०.६० प्रतिशत , अन्य समुह ०.६५ प्रतिशत र व्यापार समूह १.९३ प्रतिशतले घटेको छ । यसदिन हाइड्रोपावर समूह भने ०.३६ प्रतिशतले बढेको छ ।
बैंकिङ यपसमुह उच्च दरमा घटे पनि एसबीआई बैंकको मूल्य सबैभन्दा धेरैले बढेर झन्डै सर्किट नै लागेको थियो । यस बैंकको मूल्य ९.७५ प्रतिशतले बढ्यो । यसैगरी पिपुल्स पावरको ८.०५ प्रतिशत , समृद्धि फाइनान्सको ६.१८ प्रतिशत , माथिल्लो मैलुङखोलाको ५.७८ प्रतिशत, साहस ऊर्जाको ५.१७ प्रतिशत , सुपर मादी हाइड्रोपावरको ५.१० प्रतिशत र मिथिला लघुवित्तको ४.६६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।