logo

सेयर बजार बढेर नेप्से २५०० नाघ्यो

    292   पटक पढिएको


१४ असोज/अर्थ र व्यापार – सेयर बजार बढेर सोमबार नेप्से २५सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४४ दशमलब ४५ अंकले बढेर २५ सय ०८ विन्दुमा कायम भएको हो ।
नेप्से परिसूचक बढ्दा करोबार रकम भने केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ७१ करोड रुपैयाँको मात्र कारोबार भएको छ ।
यसदिन कुल २ सय १० वटा कम्पनीको मूल्य बढ्दा ३३ कम्पनीको मुल्य घट्यो भने एउटाको स्थिर रह्यो । म्युचुअल फन्डबाहेक सबै क्षेत्रका सूचक बढे । बैंकिङ १.१८, विकास बैंक १.९३, फाइनान्स ४.१९, होटल तथा पर्यटन ३.२८, हाइड्रोपावर १.२२, लगानी २.४५, जीवन बीमा १.७८, उत्पादन ३.८३, माइक्रोफाइनान्स १.८५, निर्जीवन बीमा ०.७१, अन्य समुह २.३७ तथा व्यापार समुह १.५२ प्रतिशतले बढेका छन् ।
यसदिन मूल्य धेरै बढेका १० कम्पनीमा ४ वटा सिमेन्ट कम्पनी रहेका छन । यसदिन सूचीकृत चारवटै सिमेन्ट कम्पनी मूल्य उच्च दरमा बढेका टप १० कम्पनीमा परे । सीईडीबी हाइड्रोपावरको १० प्रतिशत , युनाइटेड मोदी हाइड्रोको ९.५ प्रतिशत , सर्वोत्तम सिमेन्टको ९.४ प्रतिशत , सोनापुर सिमेन्टको ९.१ प्रतिशत , शिवम् सिमेन्टको ७.९ प्रतिशत , माहुली लघुवित्तको ७.३ प्रतिशत , हाथवे इन्भेस्टमेन्टको ७.१ प्रतिशत, घोराही सिमेन्टको ६.८ प्रतिशत मूल्य बढ्यो ।
दसैँतिहारपछि निर्माण क्षेत्र चलायमान हुने संकेतका कारण लगानीकर्ता यस क्षेत्रमा मोडिएका छन् । बाढीपहिरोले क्षति पु¥याएका संरचना निर्माणका क्रममा पनि सिमेन्टको माग बढ्ने भएकाले यस क्षेत्रमा लगानी आकर्षण देखिएको हो ।
अघिल्लो दिन पनि यिनै सिमेन्ट कम्पनीको मूल्यकै कारण समग्र बजार घटे पनि उत्पादन क्षेत्र बढेको थियो । यस दिन एनएलजी इन्स्योरेन्सको मूल्य ४.६ प्रतिशत घट्यो । त्यस्तै इङ्वा हाइड्रोपावरको मूल्य ४.१, अपर स्याङ्गे हाइड्रोको ३.९, सगरमाथा जलविद्युतका् ३.२ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट, नेपाल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।