logo

बजार घटेपनि पनि बैंकिङ समुहको सेयर बढ्यो,लगानीकर्ता पर्ख र हेरको अवस्थामा

    324   पटक पढिएको


२ असोज/अर्थ र व्यापार – यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से ४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ अंकले घटेर २५ सय ७६.७६ विन्दुमा कायम भएको छ ।
बुधबारको सेयर बजारमा कारोबार रकममा पनि उच्च गिरावट देखिएको छ । अघिल्लो दिन ७ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको थियो । यसदिन कारोबार रकम पनि घटेर जम्मा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९६१ रुपैयाँमा खुम्चियो ।
यसरी कारोबार रकम घट्नुको कारण अब बजारमा सेयर बिक्री गर्नेहरू संयम हुन थालेको बुझाई आम लगानीकर्ताको छ । बुधबार ७४ वटा कम्पनीको मूल्य बढ्दा १६३ वटाको सेयर मुल्य घट्यो । ७ वटाको स्थिर रह्यो ।
यस दिन दुईवटा समुहका सेयर मुल्य मात्र बढेका छन् । बैंकिङ समूहतर्फ ११ अंक र निर्जीवन बीमातर्फ २० अंकले मुल्य बढ्यो । अरु सबै समूहगत सूचक घटेका छन् ।
विकास बैंकतर्फ ६, फाइनान्स समुहतर्फ ८३, होटल तथा पर्यटन समुहतर्फ ८, हाइड्रोपावर ५, जीवन बीमा ३९, उत्पादन ५७, माइक्रोफाइनान्स ५३, अन्य १२ र व्यापार समूह २० अंकले घटेका छन् ।
अन्यको तुलनामा बैंकिङ हाई क्याप सेक्टर कम्पनी रहेकाले यसले समग्र बजारको उतारचढावलाई बढी प्रभाव पारेको देखिएको छ । सोही कारण बुधबार बैंकिङ समुहको मुख्य बृद्धिकै कारण अरु समुह घट्दा पनि समग्र सेयर बजारको गिरावट दर न्यून हुन रहेको छ ।
यसदिन कालिका लघुवित्तको सेयर मूल्य ८ प्रतिशतले बढ्यो । स्वरोजगार लघुवित्तको ७.९, रावा इनर्जीको ७.३, भूगोल इनर्जीको ७, सुपरमाइ हाइड्रोपावरको मूल्य ६ प्रतिशत बढ्यो ।
गुडविल फाइनान्सको ६.७, आत्मनिर्भर लघुवित्तको ६.३, समृद्धि फाइनान्सको ५.९, समाज लघुवित्तको ५.८ प्रतिशत मूल्य घटेका छन् । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स, साहस ऊर्जा तथा गुडविल फाइनान्स क्रमशः अगाडि रहेका छन् ।
भोलि बिहीबार संविधान दिवसका कारण परेको सार्वजनिक विदाले सेयर कारोबार पनि बन्द हुनेछ । निरन्तर यसरी बजार घटिरहेका कारण अहिले अधिकाँश लगानीकर्ता पर्ख र हेरको अवस्थामै रहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।