logo

सेयर बजारको गिरावट कायमै

    265   पटक पढिएको


२० भदौ/अर्थ र व्यापार – यो साताको अन्तिम कारोबार बिहीबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.१० अंकले घटेर २७ सय २७.३६ विन्दुमा झरेको छ ।
यसदिन कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन १२ अर्ब ९२ करोडको कारोबार भएकोमा बिहीबार ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँको कारोबार भयो । यसदिन १०१ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ५ वटाको स्थिर रह्यो ।
माइक्रोफाइनान्स १.६८ तथा व्यापार सूचक ०.१६ प्रतिशत बढे भने अरु सबै घटेका छन् । बैंकिङ ०.६९, विकास बैंक ०.१३, फाइनान्स ०.५३, होटल तथा पर्यटन ०.११, हाइड्रोपावर १.०१, लगानी १.३६, जीवन बीमा ०.७४, उत्पादन ०.३३, निर्जीवन बीमा ०.५२ र अन्य ०.०१ प्रतिशत घटेका छन् ।
यसदिन गुडविल फाइनान्सको मूल्य ७.८३ प्रतिशत बढ्यो । युनिक नेपाल लघुवित्तको ९.१४, नेस्डो लघुवित्तको ८.४३, विन नेपाल लघुवित्तको ७.५ तथा उन्नति सहकार्य लघुवित्तको ६.९ प्रतिशत मूल्य बढ्यो ।
नेपाल फाइनान्सको मूल्य ८.९१ प्रतिशत घट्यो । बुद्धभूमि हाइड्रोको ५.७७, एनआरएन इन्फ्रास्ट्रक्चरको ५.०३, न्यादी हाइड्रोको ४.८९, मन्दाकिनी हाइड्रोको ४.८२ प्रतिशत मूल्य घट्यो ।
बिहीबार कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स, गुडविल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स र अपी पावर क्रमश अगाडि रहेका छन । क्षेत्रगत रुपमा हाइड्रोपावर समूहको सबैभन्दा धेरै ३ अर्ब ३७ करोडको कारोबार भयो । यसदिन कारोबारमा आएका लघुवित्त र व्यापार बाहेकका उपसमूहका सूचकले सेयर बजार घटाएका हुन्। १३ उपसमूहमा लघुवित्त १.६८ र व्यापार ०.१६ प्रतिशतले बढेको छ ।
अरू ११ वटा घटेका छन्। लगानी उपसमूहको सूचक सर्वाधिक १.३६ अंकले घटेको छ। कारोबारमा आएका ३ सय १६ कम्पनीमध्ये १३८ को सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्।
नेपाल फाइनान्सको सेयर मूल्य सर्वाधिक ८.९१ प्रतिशतले घटेको छ। १०२ कम्पनीको सेयर भाउ बढेको छ भने ४ कम्पनीको स्थिर रह्यो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसदिन कुल ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक नेपाल फाइनान्सको ४० करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ । एनएलजी इन्स्योरेन्सको ३४ करोड २२ लाख र गुडविल फाइनान्सको २९ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।