logo

सेयर बजारमा सामान्य गिरावट, नेप्से २.४८ अंकले घटेयो

    366   पटक पढिएको


३० फागुन/अर्थ र व्यापार – वर्षमान पुन नयाँ अर्थमन्त्री भएर आएदेखि लगातार बढिरहेको सेयर बजारमा बुधबार भने सामान्य गिरावट आएको छ । बुधबार सेयर बजारको परिसूचक नेप्से २.४८ अंक घटेको छ ।
सो अंकको गिरावटपछि नेप्से २१०८ अंकमा कायम भएको छ । यसदिन कारोबार रकम पनि घटेकोको छ । अघिल्लो दिन ४ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको थियो । कुल ९४ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने १६ वटाको स्थिर रह्यो ।
फाइनान्स समूह सबैभन्दा धेरै २.३२ प्रतिशत बढ्यो भने होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१४ प्रतिशत घट्यो । बैंकिङ १, होटल तथा पर्यटन ६१, हाइड्रोपावर २८, उत्पादन १०, निर्जीवन बीमा ६१, ब्यापार ३ अंक घटे । अन्य ८, माइक्रोफाइनान्स १७, जीवन बीमा १०, फाइनान्स ४३ र विकास बैंक समूह १४ अंक बढे ।
मूल्य धेरै बढ्नेमा यस दिन माइक्रोफाइनान्स कम्पनीहरु अगाडि रहे । विन नेपाल लघुवित्त, उन्नती सहकार्य लघुवित्त, आत्मनिर्भर लघुवित्त र समाज लघुवित्तको मूल्य ९ देखि ९.९ प्रतिशतसम्म बढ्यो । जनउत्थान सामुदायिक लघुवित्तको मूल्य ७.८, गोर्खाज फाइनान्सको मूल्य ७.५ प्रतिशत बढ्यो ।
माथिल्लो तामाकोशीको मूल्य १० प्रतिशत घट्यो । दोर्दीको ४.५ र बलेफी हाइड्रोको ३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, माथिल्लो तामाकोशी र गोर्खाज फाइनान्सको मूल्य क्रमशः अगाडि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।