logo

अर्थमन्त्री वर्षमान पुनलाई सेयरबजारले गर्यो स्वागत, प्रधानमन्त्री र अर्थमन्त्री एउटै पार्टीको हुँदा ट्युनिङ मिल्ने अपेक्षा

    450   पटक पढिएको

२३ फागुन / अर्थ र व्यापार- सेयर बजारमा बुधवार तिब्र उतारचढावका विच नवगठित मन्त्रीमण्डलमा अर्थमन्त्रीको जिम्मा माओवादी केन्द्रका वर्षमान पुन ( अनन्त) ले पाउने समाचार बाहिरिएपछि सेयरबजारले स्वागत गरेको छ । मंगलबार उच्च अंकको गिरावट भएको सेयरबजारमा बुधवार पुनले अर्थमन्त्रालयको जिम्मेवारी पाउने समाचार बाहिरिएसंगै बजार ९.३३ अंकको वृद्धि भएको हो ।

यसअगाडी प्रधानमन्त्री र अर्थमन्त्री फरक–फरक पार्टीका हुँदा प्रधानमन्त्री र अर्थमन्त्री विचमा बारम्बार विवाद आएको अवस्थामा प्रधानमन्त्री र अर्थमन्त्री एउटै दलवाट हुँदा सेयर वजारका कतिपय नीतिगत सुधारका लागी सहज हुने अपेक्षा लगानीकर्ताहरुको रहेको एक लगानीकर्ताले अर्थ र व्यापारलाई वताए । प्रधानमन्त्री र अर्थमन्त्री विच ट्युनिङ मिल्दा पनि अर्थतन्त्रमा सकारात्मक सन्देश जाने अपेक्षा लगानीकर्ताको रहेको उनले वताए ।

अर्कोतिर यसअगाडी पनि अर्थमन्त्री रहिसकेका वर्षमान पुनको कार्यकाललाई हेर्ने हो भने पनि सेयर वजारका लागी उनको कार्यकाल सकारात्मक नै रहेको लगानीकर्ताहरुको बुझाई छ । यसअगाडी पुनः अर्थमन्त्री हुँदा बजारले २९९ को न्युनतम विन्दुवाट ५५५ अंक सम्मको यात्रा तय गरेको थियो । यसअगाडी पुन २०६८ सालमा पनि अर्थमन्त्री बनेका थिए भने २०७४ मा ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बनेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।