logo

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि सेयर लगानीकर्ता निराश , नेप्से ३०.५६ अंकले घटेर राताम्य बन्यो

    407   पटक पढिएको


१ फागुन/अर्थ र व्यापार – मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि सेयर लगानीकर्तामा निराशा देखियो । मौद्रिक नीतिको समिक्षा कुरेर बसेका लगानीकर्ता मंगलबार सेयर बजार घटेर पुरै राताम्य भएसँगै लगानीकर्ता विश्वस्त हुन नसकेका हुन ।
यसले सोमबारसम्म सुधारतर्फको संकेत गरेको सेयर बजार पुनः धरमराएको छ । विशेषगरी संगठित लगानीकर्ताहरूले माग गरेअनुसार नेपाल राष्ट्र बैंकको नीतिमा कुनै फेरबदल भएन।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सोमबार साँझ सावर्जनिक गरेको थियो । जसमा सेयर बजारका लगानीकर्ताले आश गरे अनुरुप मौद्रिक नीतिको व्यवस्थामा कुनै परिवर्तन भएन। त्यसले मंगलबारको सेयर कारोबारमा प्रत्यक्ष प्रभाव देखिएको हो ।
यसअघि नै राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामार्फत सेयर कर्जामा जोखिम भार घटाएको थियो। जसले बजारमा केही समय सकारात्मक प्रभाव परेको थियो । २०७८ सालको मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले सेयर कर्जाको जोखिमभार बढाएर १५० प्रतिशत पु¥याएको थियो। जुन यसअघिको समीक्षामा सेयर कर्जाको जोखिम भार राष्ट्र बैंकले १५० बाट १२५ प्रतिशतमा झारेको थियो । अहिले अर्धवार्षिक समीक्षामा भने कुनै फेरबदल भएन।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पर्खाइमा लगानीकर्ताहरू रहेका थिए । बैंकहरूको घट्दो नाफा, पुँजीकोषमा परेको दबाब, न्यून कर्जा प्रवाह र अधिक लगानीयोग्य रकम लगायतका समस्याको समाधान राष्ट्र बैंकमार्फत निष्कने आशमा उनीहरू थिए।
अहिलेको अवस्थाले लगानीकर्ता मनोवैज्ञानिक आधार बिन्दुबाट तल झरेका छन्। उतारचढावकै अवस्थाबीच बजारको गति सुधार हुने आशमा रहेका लगानीकर्ताहरू मंगलबार झन निराश देखिएका हुन्। सेयर लगानीकर्ता अहिले बजारको अवस्था आँकलन गर्दै पर्ख र हेरकै स्थितिमा देखिन्छन्।
गत साता सुधारतर्फको लय देखाएको सेयर बजारले यो साताको पहिलो कारोबारमा बजार घटेपनि दोस्रो कारोबारमा सुधारतर्फ नै देखिएको थियो । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३०.५६ अंकले घटेर २०७०.५९ बिन्दुमा झरेको थियो ।
मंगलबार ४० कम्पनीको मात्र सेयर मूल्य बढ्दा ४ अर्ब ६६ करोड ७१ लाख रुपैयाँको कारोबार भएको थियो। २०३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
उतारचढावमा रहेको सेयर बजारमा ओरालो यात्रा थामिएर गत साता लगातार चार दिनको कारोबार वृद्धि देखिएको थियो। यो साता आइतबार घटेको बजार सोमबार भने वृद्धितर्फ नै लागेपनि मौद्रिक नीतिको अर्धवाषिक समीक्षापछि मंगलबार राताम्य बन्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।