logo

सेयर कारोबारमा सुधार

    455   पटक पढिएको


२४ माघ/अर्थ र व्यापार – यस साताको चौथोदिन बुधबार सेयर कारोबारमा सुधार आएको छ । यसदिन पाँच वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
जम्मा ४.९२ अंकले बढेको सेयर बजारमा बुधबार गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, इस्ट्रन हाइड्रोपावर र एसियन हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
गुराँस लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ९७.८० रुपैयाँ बढेको छ । ६८ कम्पनीको सेयर मूल्य घट्दा १६८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । बुधबार नेप्से २०९०.६४ विन्दु कायम भएको छ । कारोबार रकममा पनि केही सुधार भएको छ । ७७ लाख ३२ हजार कित्ता सेयर २ अर्ब ८४ करोड २५ लाख रुपैयाँमा किनबेच भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा २५ करोड रुपैयाँले बढी हो।
बुधबार सबैभन्दा धेरै रकमको सेयर कारोबार हुने कम्पनीको सूचीमा हिमालयन रि इन्स्योरेन्स नै पहिलो नम्बरमा छ । यो कम्पनीको सेयर बुधबार २४ करोड ८२ लाख ६८ हजार रुपैयाँको सेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।