logo

सेयर बजारमा आकर्षण ,टीएमएस खोल्नेको संख्या १९ लाख नाघ्यो

    536   पटक पढिएको


३ माघ/ अर्थ र व्यापार – सेयर कारोकारमा आकर्षण बढेसँगै अहिले धेरैको ध्यान सेयर बजारमा लगाउन थालेको देखिएको छ । । बढ्दो सूचना प्रविधीका पहुँच विस्तार भएसँगै अहिले अधिकाँश नेपालीको ध्यान सेयर बजारमा नै हुने गरेको हो ।
सेयर बजारमा देखिएको यस्तो आकर्षणकै कारण अहिले दोस्रो बजारमा सेयर कारोबारका लागि अनलाइन प्रणााली ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) खोल्नेको संख्या १९ लाख २ हजार ४७७ पुगेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबारसम्म ब्रोकर कार्यालयहरुमार्फत सो संख्याले टीएमएसको युजरनेम र पासवर्ड लिएका छन् ।
२०७९ सालको वैशाखमा टीएमएस खोल्नेको संख्या जम्मा १२ लाख ३५ हजार थियो । हाल दैनिक ७० देखि ७५ हजार जनाले टीएमएस ‘लगइन’ गर्ने गरेको स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
धितोपत्र खरिदबिक्रीका लागि लगानीकर्तालाई ब्रोकर तथा नेप्सेको प्रणालीमा जोड्ने विद्युतीय माध्यम टीएमएस हो । टीएमएसबाट लगानीकर्ताले खरिद तथा विक्री आदेश प्रविष्ट गर्न सक्छन् ।
टीएमएसमा आवद्ध हुनका लागि पहिले ब्रोकर कार्यालयमा गई खाता खोल्नुपर्छ । लगानीकर्ताले सेयर ब्रोकर मार्फत टिएमएसको युजरनेम र वासवर्ड लिएपछि मात्रै दोस्रो बजारमा सजिलै विभिन्न धितोपत्रहरु किन्न वा बेच्न सकिन्छ ।
आईपीओ परेपछि सो सेयर बिक्रीका लागि पनि टीएमएसको युजरनेम र पासवर्ड लिएर लगइन गरी सो प्रणालीमार्फत मात्रै बिक्री गर्न पाइन्छ । त्यसैले अहिले सेयर लगानी कर्ताहरुबीच दैनिक टीएमएस खोल्नेहरुको संख्या यसरी बढेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।