logo

लगानीकर्ताकालागि विशेष मौका, यि हुन अझै सेयर किन्दा लाभांश पाइने कम्पनीहरु

    545   पटक पढिएको

१६ पुस/अर्थ र व्यपार – नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत पब्लिक कम्पनीहरुले धमाधम वार्षिक साधारणसभा आयोजना गरिरहेका छन् ।
कतिपय कम्पनीले साधारणसभा मार्फत लाभांश समेत स्वीकृत गराइरहेका छन् भने कतिपय कम्पनीले लाभांश प्रस्तावविना नै साधारणसभा गरिरहेका छन् ।
अझै पनि केही माइक्रोफाइनान्स, विकास बैंक, फाइनान्स तथा वाणिज्य बैंकको सेयर खरिद गर्दा लाभांश पाइन्छ । लाभांश घोषणा गरिसकेका तर, कम्पनीको सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) भइनसकेका कम्पनीको सेयर खरिद गर्दा लाभांश पाइन्छ । सार्वजनिक सूचनामार्फत कम्पनीहरुले साधारणसभा बोलाउँदै बुक क्लोजको मिति घोषणा गरिरहेका छन् ।
बैंक, विकास बैंक, फाइनान्स र माइक्रोफाइनान्स समूहका ११ कम्पनीको लाभांश घोषणा भइसकेको छ । तर, बुक क्लोज हुन बाँकी छ । त्यसकारण यी ११ बैंक तथा वित्तीय संस्थाहरूको सेयर खरिद गर्नेहरु अझै पनि लाभांशका लागि हकदार हुनेछन् ।

वाणिज्य बैंकतर्फ: लाभांश घोषणा गरेर बुक क्लोज नभएको वाणिज्य बैंकमा एउटा मात्रै बाँकी छ– लक्ष्मी सनराइज । सो कम्पनीको आगामी बिहीबार बुक क्लोज हुँदैछ । तसर्थ बुधबारसम्म कम्पनीको सेयर खरिद गर्नेले ७ प्रतिशत बोनस सेयर पाउँछन् ।

विकास बैंकतर्फ: लाभांश घोषणा गरेर बुक क्लोज हुन ४ वटा विकास बैंक मात्रै बाँकी छन् । मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंक । मुक्तिनाथ र महालक्ष्मी विकास बैंकको बुधबारसम्म सेयर खरिद गर्नेले लाभांश पाउनेछन् ।

मुक्तिनाथको ९.७५ प्रतिशत बोनस सेयर र महालक्ष्मीको ६.४ प्रतिशत नगद (करसहित) लाभांश घोषणा भएको छ । त्यस्तै गरिमा र लुम्बिनीको आज सोमबारसम्म सेयर खरिद गर्नेले मात्रै लाभांश पाउने छन् । गरिमाले ९.५ प्रतिशत बोनस र लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस तथा ४.५ प्रतिशत नगद (करसहित) लाभांश दिँदैछ ।

फाइनान्सतर्फ: लाभांश घोषणा गरेर बुक क्लोज हुन बाँकी फाइनान्स कम्पनीमा श्री इन्भेस्टमेन्ट फाइनान्स मात्रै बाँकी छ । सो कम्पनीको आगामी बिहीबारसम्म सेयर खरिद गर्नेले ५.०५ प्रतिशत नगद (करसहित) लाभांश पाउने छन् ।

माइक्रोफाइनान्स: लाभांश घोषणा गरेर बुक क्लोज नभएका माइक्रोफाइनान्स कम्पनीहरुमा ५ कम्पनी बाँकी छन् । जीवन विकास लघुवित्त, छिमेक लघुवित्त, समता घरेलु, ग्लोबल आईएमई लघुवित्त र धौलागिरि लघुवित्त । जीवन विकासको मंगलबारसम्म, छिमेकको आज सोमबारसम्म, ग्लोबल आईएमईको बुधबारसम्म सेयर खरिद गर्नेले लाभांश पाउँछन् ।

समता र धौलागिरिले भने बुक क्लोजको मिति तय गरिसकेका छैनन् । जीवन विकासले १४ प्रतिशत बोनस सेयर, छिमेकले ५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद, समताले ५.४ प्रतिशत बोनस, ग्लोबलले १० प्रतिशत नगद र धौलागिरिले १४.२५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।