logo

प्रभु हेलिकोप्टरले साढे ६ करोडको आइपीओ जारी गर्दै,बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    480   पटक पढिएको

९ पुस/अर्थ र व्यापार – प्रभु हेलिकोप्टर लिमिटेडले ६ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । यस कम्पनीले सर्वसाधारणलाई सेयर बेच्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक बनाइएको जनाएको छ ।
कम्पनीका अनुसार ६ करोड ६० लाख रुपैयाँ बराबरको ६ लाख ६० हजार कित्ता सेयर प्रति कित्ता १०० रुपैयाँको दरले जारी गरिने कम्पनीद्वारा जारी विज्ञप्ति उल्लेख छ । बिक्री प्रबन्धक नियुक्तिको सम्झौतापत्रमा प्रभु हेलिकोप्टरका तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन्।
व्यावसायिक योजना अनुसार सर्वसाधारणमा आइपीओ जारीसँगै पब्लिक लिमिटेडमा जाने आफू मुलुककै पहिलो हेलिकोप्टर कम्पनी हुने सो कम्पनीको दावी छ ।
सन् २००९ मा स्थापना भएको यो हेलिकोप्टर कम्पनीले हाल एयरबस कम्पनीको एच १२५ र रोविन्सन कम्पनीको आर ६६ हेलिकोप्टरमार्फत व्यावसायिक चार्टर उडान सेवा संचालन गर्दै आएको छ । कोभिड–१९ संक्रमण नियन्त्रणमा आएसँगै लयमा फर्किएको पर्यटन र उड्डयन उद्योगलाई मध्यनजर गर्दै यस कम्पनीले आगामी दुई वर्षभित्रमा एयरबस कम्पनीका दुईवटा एच १२५ सिरिजका हेलिकोप्टर थप्ने योजना बनाएको जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।