logo

शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्सले १ करोड १६ लाख कित्ता आईपीओ जारी गर्ने

    562   पटक पढिएको

१५ मंसिर/अर्थ र व्यापार – शिवम् सिमेन्टमा करिब ८५ प्रतिशत हिस्सा रहेको शिवम् होल्डिङ्स लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ।

जारी पुँजी ५ अर्ब ८० करोडको २० प्रतिशत बराबर हुने १०० रुपैयाँका दरको १ करोड १६ लाख कित्ता साधारण सेयरहरु सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो।
शिवम् होल्डिङ्स लिमिटेडका संचालक अध्यक्ष शिवरतन शारडाको उपस्थितिमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धि सम्झौता गरेको छ।
सम्झौता अनुसार कम्पनीले सर्वसाधारणमा सेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–साना पुँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पु¥याउँदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ।
शिवम् होल्डिङग्स २०७१ सालमा प्रालि कम्पनीको रुपमा दर्ता भएको थियो। २०७९ मा कम्पनी पब्लिक लिमिटेडमा परिणत भएको थियो। कम्पनीले नेपालको सबैभन्दा ठूलो सिमेन्ट तथा क्लिंकर उत्पादन क्षमता भएको अत्याधुनिक प्रविधियुक्त ग्रीनफिल्ड उद्योग संचालन गरिरहेको छ ।
यसले वेस्ट हिटको उपयोग गरि करिब १२ मेगावाट विद्युत समेत उत्पादन गरिरहेको कम्पनीले जनाएको छ। जसलाई कम्पनीले आफ्नै उद्योग संचालनमा प्रयोग गर्दै आएको छ।
कन्भेयरबेल्टबाट चुनढुंगा ढुवानी गर्न सुरुङमार्ग समेत निर्माण गरिरहेको चिनियाँ विदेशी लगानी समेत रहेको होङ्सी शिवम् सिमेन्ट प्रालिमा कम्पनीको ३० प्रतिशत सेयर स्वामित्व छ।
विगत ५ वर्षदेखि पूर्ण संचालनमा रहेको प्रोजेक्टमा ठूलो रकम लगानी गरेको उक्त कम्पनीबाट प्रतिफलसमेत प्राप्त गर्न सुरु गरिसकेको छ । शिवम् होल्डिङ्स लिमिटेडको अधिकृत तथा जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँमध्ये संस्थापक तर्फ ८० प्रतिशत अर्थात ४ अर्ब ६४ करोड रुपैयाँ र सर्वसाधारण तर्फ १ अर्ब १६ करोड रुपैयाँ सेयर पुँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो।
यस कम्पनीका संस्थापकहरुमा शिवम् सिमेन्ट्स लिमिटेडको संस्थागत सेयर लगानी ८५ प्रतिशत र अन्य १९ जना विभिन्न व्यक्ति तथा संस्थाको १५ प्रतिशत सेयर लगानी छ। सर्वसाधारणबाट संकलन हुने रकम अन्य उपयुक्त परियोजनाहरु जस्तै हाइड्रोपावर, बैंक तथा वित्तीय संस्था, पर्यटन क्षेत्र, पूर्वाधार परियोजना तथा अन्य उद्योग लगायतका क्षेत्रमा विस्तार गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।