logo

दशैं लागेसँगै सेयर बजार बढ्यो

    515   पटक पढिएको


१ कात्तिक/अर्थ र व्यापार – दशैं सुरु भएसँगै सेयर बजार बढ्न लागेको छ । असोज मसान्तमा बैंक ब्याज तिर्न र दशैंमा खर्च व्यवस्थापन गर्न सेयर बिक्रीको चाप आउँदा पछिल्लो केही दिन यता लगातार घटेर सोमबार १८५१.४३ को विन्दुमा झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेको हो ।
नेप्सेमा लगातार दोस्रो दिन पनि वृद्धि हुँदा १९०० को विन्दु नाघेर बन्द भएको छ । बुधबार बजार परिसूचक नेप्से ४३.२७ अंकले वृद्धि हुँदा १९०७.८९ को विन्दुमा बन्द भएको हो । बुधबार सबै उपसूचकमा हरियाली छाउँदा बैंकिङ क्षेत्रमा नै आकर्षण देखिएको छ ।
निर्जीवन बीमा उपसूचक सर्वाधिक २.८७ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक २.७६ प्रतिशत, हाइड्रोपावर उपसूचक २.५३ प्रतिशत र बैंकिङ उपसूचक २.४६ प्रतिशत बढेर बन्द भएको छ ।
नेप्सेमा हरियाली देखिएपनि दशैं लाग्दा लगानीकर्तामा सक्रियता घटेको छ । जसले बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार करिब १ अर्बको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेर ९३ करोड ४९ लाखमा सिमित भएको छ । ३१ हजार ७८८ वटा कारोबारमा ३७ लाख ७२ हजार २३ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा सो रकमको कारोबार भएको हो ।
जसमध्ये सानिमा जिआईसी इन्स्योरेन्सको सर्वाधिक ४ करोड ४६ लाखको कारोबार हुँदा कुमारी बैंकको संस्थापक सेयर ३ करोड १४ लाख र आईएमई लाइफ इन्स्योरेन्सको २ करोड ४३ लाखको कारोबार भएको छ ।
बुधबार नेप्सेमा कुल २३६ सुचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये २२३ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर छ ।
बुधबार हरीयाली छाएको बजारमा आशा लघुवित्तको सेयरमूल्य १० प्रतिशत र इन्फीनिटी लघुवित्तको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै मिड सोलु हाइड्रोपावर सेयरमूल्य ९.३१ प्रतिशत र ज्योति विकास बैंकको सेयरमूल्य ९.१९ प्रतिशतले बढेको छ ।
बीडीडब्लु लघुवित्तको सेयरमूल्य ४.६२ प्रतिशतले गिरावट हुँदा एनआईबीएल समृद्धि फण्ड २ को इकाइमूल्य ३.९५ प्रतिशतले वृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।