logo

सिद्धार्थ क्यापिटलले साधारण सभा डाक्यो,नगद लाभांश वितरणको प्रस्ताव पारित गरिने

    559   पटक पढिएको

४ असोज/अर्थ र व्यापार – सिद्धार्थ क्यापिटल लिमिटेडले बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । सञ्चालक समिति बैठकको निर्णयले आगामी २५ असोजका लागि साधारण सभा डाकेको हो।
साधारण सभामा लाभांश वितरण सम्बन्धी प्रस्ताव पेस हुने बताईएको छ । साधारण सभा क्यापिटलको कार्यालयबाट नै सम्पन्न गरिने सो कम्पनीले जनाएको छ ।
क्यापिटलले सभामा लाभांश वितरणको प्रस्तावलाई प्रमुख एजेण्डा बनाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ रकम बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारीमा यस कम्पनी छ।
साधारण सभाबाट पारित भएपछि क्यापिटलले सो लाभांश लगानीकर्ताहरुलाई वितरण गर्ने छ । क्यापिटलले यसअघि अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा पनि लगानीकर्ताहरुलाई २५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।