logo

अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर निष्कासन

    639   पटक पढिएको


१८ भदौ/अर्थ र व्यापार – अपर तामाकोशी हाइड्रोपावर कम्पनीले सोमबार (आज) देखि १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले १० अर्ब ५९ करोड रुपैयाँको १० करोड ५९ लाख कित्ता सेयर निष्कासन गरेको हो ।
हकप्रद सेयरमा गत २५ साउनसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले २६ साउनमा बुक क्लोज गरेको छ ।

हकप्रद सेयरमा आगामी ७ असोजसम्म आवेदन दिन सकिने छ । हकप्रद सेयरमा बिक्री प्रबन्धक नागरिक लगानी कोष, सनराइज क्यापिटलका साथै धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यले रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
यसैगरी, सनराइज बैंकको लगनखेल, सूर्यविनायक, हेटौडा, मन्थली, धरान, विराटनगर, जनकपुर, पोखरा, कुश्मा, भैरहवा, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, महेन्द्रनगर, चरिकोट, सुनखानी, जफे, शिवालय शाखाबाट आवेदन दिन सकिने छ ।

त्यसैगरी, प्रभु बैंकको चरिकोट, सिटिजन्स बैंकको चरिकोट, सिन्धु विकास बैंक चरिकोट, कृषि विकास बैंक चरिकोट, नेपाल बैंक चरिकोट र सिगटी, महालक्ष्मी विकास बैंक चरिकोट, कुमारी बैंक चरिकोट, सिद्धार्थ बैंक चरिकोट, हिमालयन बैंक चरिकोट, प्राइम बैंक जिरी र सानिमा बैंक मेलुङबाट आवेदन दिन सकिने छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।