logo

लगानी बढाउन सिनर्जी पावरले ल्यायो हकप्रद सेयर,आवेदन आजैबाट

    470   पटक पढिएको


४ भदौ/अर्थ र व्यापार – सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयरको बिक्रीका लागि आवेदन खुलाएको छ ।
कम्पनीको हालको चुक्ता पुँजी ८० करोड ६५ लाख छ । यसको २ः१ अनुपातले हुन आउने ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले सो हकप्रद सेयर अकित मूल्य प्रतिकित्ता १०० कार दरले बिक्री गर्ने छ ।
सो हकप्रद सेयरका लागि कम्पनीले साउन १२ गतेका लागि बुक क्लोज मिति तोकेको थियो। तसर्थ बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले हकप्रदका लागि आवेदन दिन सक्नेछन्।

हकप्रद सेयर खरिदका लागि आइतबारदेखि भदौ २४ गतेसम्म लागि आवेदन दिन सकिन्छ। सिनर्जीले २२ मेगावाटको हङ्गुखोला ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी एपेक्स मकालु हाइड्रोपावरमा ४० प्रतिशत अर्थात ४४ करोड २६ लाख ८६ हजार लगानी गर्ने निर्णय गरेको छ ।

त्यसैका लागि कम्पनीले हकप्रद सेयर निष्कासन गरेको हो। उक्त आयोजनाको लागत ४ अर्ब ४२ करोड छ । हकप्रद निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ ‘डबल बी प्लस’ प्रदान गरेको छ ।
यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानीमा क्यापिटल छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।