logo

मौद्रिक नीतिपछि १२७ अंकले घट्यो नेप्से

    536   पटक पढिएको


१४ साउन/अर्थ र व्यापार – मौद्रिक नीतिपछिको लगातार पाँचौ दिन पनि सेयर बजार परिसूचक नेप्सेमा गिरावट भएको छ । गत आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जाको जोखिम भार पुनरवलोकन गर्ने बताएको थियो । जसको प्रभावले गत आइतबार नेप्से ६३.२४ अंकले बढेर पछिल्लो एक वर्ष यताकै उच्च विन्दु २२२७.१६ बन्द भएको थियो ।
तर, सोही दिन आयोजित पत्रकार सम्मलेनमा गभर्नर महाप्रसाद अधिकारीले सबै सेयर धितो कर्जामा नभई ५० लाख रुपैयाँसम्मको जोखिम भार १०० प्रतिशतमा झार्ने बताएका थिए । त्यसअघि २५ लाखसम्मको कर्जामा १०० प्रतिशत जोखिम भार रहेको थियो। ५० लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार १०० प्रतिशतमा झार्ने विषयलाई राष्ट्रबैंकले एकीकृत निर्देशिकामा पनि ल्याइसकेको छ ।
त्यसपछि सोमबारबाट नै नेप्से घट्न सुरु हुँदा ५ दिनमा नेप्सेमा करिब १२७ अंकको गिरावट भएको हो ।
यो साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से २६.१४ अंकले गिरावट भएर २१००.३४ को बिन्दुमा बन्द भएको छ । इन्ट्रा–डे कारोबारमा ४७.१७ अंकको गिरावट हुँदा नेप्से २०९१.५० को विन्दुसम्म झरेपछि अन्तिम समयमा केही सुधारसहित २१०० भन्दा माथि बन्द भएको हो ।

आइतबार नेप्सेमा म्युचुअल फण्डबाहेक सबै उपसूचकमा गिरावट भएको छ । वित्त कम्पनी उपसूचक सर्वाधिक २.३२ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक २.०८ प्रतिशत र व्यापार उपसूचक २.०७ प्रतिशतले गिरावट भएको छ । यता म्युचुअल फण्ड उपसूचक ०.३२ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेमा गिरावट सुरु भएसँगै कारोबार रकम पनि घटेको छ । गत आइतबार र सोमबार ४ अर्ब नाघेको कारोबार रकम मंगलबारबाट ३ अर्ब भन्दा तल भरेको थियो । आइतबार पनि नेप्सेमा ४६ हजार ३२७ वटा कारोबारमा ६८ लाख ६० हजार ४२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ५० करोड २९ लाखको कारोबार भएको छ ।

त्यसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १४ करोड ७९ लाखको कारोबार हुँदा सोल्टी होटलको ११ करोड ९९ लाख र एभरेष्ट बैंकको १० करोड २१ लाखको कारोबार भएको छ । आइतबार नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीका सेयर कारोबार भएको छ । त्यसमध्ये १८९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १८ कम्पनीको सेयरमूल्य घटेको छ । १० कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

आइतबार कारोबार भएका कम्पनीमा पिपुल्स पावर कम्पनीको सेयरमुल्य सर्वाधिक ३.५८ प्रतिशतले वृद्धि हुँदा सुपरमाई हाइड्रोपावरको सेयरमूल्य ३.६ प्रतिशतले बढेको छ ।
यता मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ६.७८ प्रतिशतले गिरावट हुँदा अभियान लघुवित्तको सेयरमूल्य ६.५७ प्रतिशत र हिमालयन लघुवित्तको सेयरमूल्य ५.१४ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।