logo

नेप्सेमा सामान्य गिरावट, मौद्रिक नीति अघि लगानीकर्ता पर्ख र हेरको अवस्थामा

    469   पटक पढिएको

४ साउन/अर्थ र व्यापार – मौद्रिक नीति अगाडि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ ।

बिहीबार दिनभर उतारचढावको अवस्थामा रहेको बजार १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा झरेको छ । यो ०.०६ प्रतिशतको मात्र गिरावट हो । घट्दो बजारमा पनि व्यापार, उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले कमाए । व्यापार उपसूचक ६.३५ प्रतिशतले बढेको छ ।

बिहीबार २६४ धितोपत्रको ५४ हजार ९५४ कारोबारबाट ८४ लाख २४ हजार १०८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।
विशाल बजार कम्पनी र लिवेट्री इनर्जीको कारोबार सकारात्मक सर्किट लेवलमा भयो । अपर हेवाखोला, बोटलर्स नेपाल, दोल्ती पावर कम्पनीसहितका धितोपत्रको मूल्य पनि धेरैले बढेको छ ।

सिटिजन्स म्यूचअल फण्ड र कुमारी इक्विटी फण्डको मूल्य नकारात्मक सर्किट लेवलमा घट्यो । शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, ज्योती विकास बैंकको धेरै कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।