logo

सर्वोच्चको निर्णय विपरित ब्रोकर लाइसेन्स रोक्न अर्थ समितिले दिएको निर्देशनमा विरोध सुरु

    713   पटक पढिएको



३१ जेठ/अर्थ र व्यापार – अर्थ समितिले सर्वोच्च अदालतको निर्णयलाई चुनौती दिँदै नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्ससम्बन्धी कुनैपनि प्रक्रिया अघि नबढाउन निर्देशन दिएपछि सोको विरोध सुरु भएको छ ।
यसअघि नयाँ स्टक एस्क्सेञ्ज र नयाँ ब्रोकर लाइसेन्स वितरणलाई रोक लगाउन परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले नयाँ लाइसेन्स वितरणको कानुनी बाटो खुला गरिदिएको थियो ।
तर, सोमबार प्रतिनिधी सभाको अर्थसमितिले कानून विपरित सर्वोच्चको सो निर्णयको बर्खिलापमा तत्कालका लागि कुनै पनि प्रक्रिया अघि नबढाउन अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जलाई निर्देशन दिएपछि थप विवादित भई अहिले विरोध सुरु भएको हो ।
अर्थ समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक एक्सचेञ्जको कामकारबाही र धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति (ब्रोकर लाइसेन्स) प्रदान गर्ने कार्य रोक्न अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई निर्देशन दिएको छ ।

न्युनतम मापदण्ड पुरा गरे/नगरेको विषयमा समितिले ब्रोकर लाइसेन्स वितरण प्रक्रियामा छानविन गरि निष्कर्षमा नपुगेसम्म लाइसेन्स सम्वन्धी सम्पूर्ण प्रक्रिया तत्कालकालागि स्थगन गर्न यस्तो निर्देशन दिएको हो । हाल धितोपत्र बोर्डले १८ वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स प्रदान गरिसकेको छ ।
पछिल्लो समय अर्थसमिति सेयर बजार विस्तारको बाधक बन्दै आएको छ । कहिले स्थलगत अध्ययन त कहिले समितिले आफैले विस्तृत अध्ययन गर्नुपर्ने भन्दै नयाँ ब्रोकर लाइसेन्स विवतरणमा रोक लगाउँदै आएको छ । अर्थ समितिको यस्तो निणर्यले अहिले बिरोध सुरु भएको छ ।

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएसँगै उनले बजारको दायरा विस्तारलाई प्रमुख एजेण्डा बनाएका थिए भने सोहीअनुरुप नयाँ स्टक ब्रोकर र नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि आवेदन माग गरेका थिए । तर, केही स्वार्थी समुहले उक्त काम रोक्न भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सर्वोच्च अदालतले उक्त रिटमाथि सुनुवाई गर्दै अध्यक्ष हमालको पक्षमा फैसला गरिदियो । सोहीअनुरुप बोर्ड नयाँ ब्रोकर लाईसेन्सको अनुमति दियो ।

सर्वोच्चको फैसलाअनुरुप बोर्डले नयाँ वितरण गरिसकेको अवस्थामा अर्थसमितिले समिति स्वार्थी समुहको प्रलोभनमा परी तत्काललाई सो काम नै रोक्न निर्देशन दिनुले पुँजी बजारको विकासमा कालो धब्बा लागेको सम्बद्ध लगानीकर्ताहरुले बताएका छन ।
सामाजिक संजालमार्फत लगानीकर्ताहरुले अर्थसमितिका सिमिति सांसदहरुले पैसा लिएर पुराना ब्रोकरको स्वार्थमा सिन्डिकेट लगाउने काम गरेको भन्दै विरोध गरेका हुन् ।
यसअघि पनि अर्थ समितिलाई सीमित स्वार्थ समुहको प्रलोभनमा परी तत्काल नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न नहुने निष्कर्ष निकालेको आरोप लागेको थियो । अहिलेको यो निर्देशनले थप प्रमाणित गरिदिएको सम्बद्ध सरोकारवालाहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।