logo

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

    466   पटक पढिएको

२४ जेठ/अर्थ र व्यापार – सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ४.६८ अंकले वृद्धि हुँदा १९३२.३३ अंकको विन्दुमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित होटल तथा पर्यटन, जीवन तथा निर्जीवन बीमा र म्युचुअल फण्ड उपसूचकमा गिरावट भएपनि लघुवित्त, हाइड्रेपावर उत्पादनमूलक लगायतका उपसूचक बढ्दा नेप्से सामान्य वृद्धि भएको छ ।

बुधबार म्युचुअल फण्ड उपसूचक ०.६२ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्याटन उपसूचक ०.४६ प्रतिशत र बैंकिङ उपसूचक गिरावट भएको छ । यता व्यापार उपसूचक सर्वाधिक ४.९७ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक १.२२ प्रतिशत र विकास बैंक उपसूचक १.१४ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । करिब १८०० अंकको विन्दुमा सेयर किनेका लगानीकर्ताले बुधबार नाफा बुक गर्न खोज्दा नेप्सेमा तीव्र उतारचढाव देखियो भने कारोबार रकम पनि बढेको हो । मंगलबार करिब २ अर्बको कारोबार भएको बजारमा बुधबार बढेर २ अर्ब ३६ करोड ८८ लाखको सेयर कारोबार भएको छ ।
४१ हजार ६१३ वटा कुल कारोबारमा ६५ लाख ४१ हजार ३८८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ ।

बुधबार कारोबार भएकामध्ये सोल्टी होटलको सर्वाधिक १० करोड १३ लाख रुपैयाँको सेयर कारोबार हुँदा शिवम् सिमेन्टको ८ करोड ९७ लाख र नागरिक लगानी कोषको ६ करोड ९० लाखको सेयर कारोबार भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।