logo

बजेटको असर सेयर बजारमा,बजेटले आयकरको भार नयाँ लगानीकर्तालाई, सेयर बजारमा तरंग

    575   पटक पढिएको


१६ जेठ/अर्थ र व्यपार – सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले आयकरको भार नयाँ लगानीकर्तालाई पार्ने भएपछि सेयर बजारमा तरंग छाएको छ ।
सेयर लगानीकर्ताका लागि आगामी आर्थिक वर्षको बजेट प्रतिगमनका रूपमा आएको छ। विगतमा राफसाफ भयो भनिएको हिसाबलाई सरकारले आयमा गणना गर्नुपर्ने फर्मान जारी गरेसँगै सेयर बजार लगानीकर्ता मारमा परेका हुन्।
यस बजेटले सूचीकृत कम्पनीको अर फर्स्यौट भइसकेको पुराना करको विषय उठाएसँगै सेयर बजारमा भारी गिरावट भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आगामी आवको बजेट सार्वजनिक गर्दै आर्थिक विधेयकमा एफपीओको प्रिमियम र मर्जर एक्विजिसनको लाभमा कर तिर्नुपर्ने कर तिर्नेलाई शुल्क तथा ब्याजमाछुट दिने निर्णय व्यवस्था गरेका थिए ।
यहि बजेटका कारण मंगलबार सेयर बजार सुरुवाती समयबाट नै उच्च गिरावट भएको छ । आइतबार १९४१.७७ अंकमा बन्द भएको नेप्से मंगलबार ५१ अंक भन्दा बढीले गिरावट भएर करिब साढे १२ बजे १८९०.५२ अंकसम्म झरेको थियो । तर, त्यसपछि सुधारोन्मुख हुँदै यो १२ः४० मा नेप्से ४३.८५ अंकको गिरावट भएको थियो ।

यसैगरि,कारोरबार रकम करिब १ अर्ब १४ करोड पुगेको छ । खासगरी सूचीकृत कम्पनीले आफ्नो पुँजी बढाउन ’फर्दर पब्लिक अफरिङ’ (एफपिओ) जारी गरेका र मर्जर वा एक्विजिसनमा सौदाबाजी गर्दा प्राप्त लाभ (बार्गेन पर्चेज गेन) गरेका कम्पनीले बढी प्राप्त रकम आयमा गणना गरी त्यसमा आयकर तिर्न आर्थिक ऐन २०८० ले उर्दी जारी गरेको छ । २०८० मंसिरसम्म यस्तो आयमा लाग्ने कर तिरे शुल्क तथा ब्याज मिनाहा हुने भनिएको छ।
यसैगरि, एफपिओ र मर्जर वा एक्विजिसनको समय अवधि किटान नगरिएकाले सुरुवाती चरणदेखिकै एफपिओ जारी गरेका र मर्जरमा गएका कम्पनीहरू आकर्षित हुनेछन् ।

त्यसमा बिमा कम्पनीतर्फ नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्सयोरेन्स र प्रिमियर इन्स्योरेन्स, बैंकतर्फ स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल एसबिआई, जलविद्युततर्फ बुटवल पावर, फाइनान्सतर्फ पोखरा फाइनान्स, सिमेन्ट कम्पनीतर्फ सेयर बिक्री गरिसकेको शिवम् सिमेन्टबाट मात्रै ६ अर्ब २१ करोड राजस्व प्राप्त गर्ने देखिन्छ।

सर्वसाधारणलाइ प्रिमियम मूल्यमा सेयर जारी गर्ने प्रक्रियामा रहेको घोराही सिमेन्ट पनि यसबाट प्रभावित हुनेछ । सर्वसाधारणलाई प्रिमियम मूल्यमा साधारण सेयर बिक्री प्रक्रियामा केही बिमा कम्पनी र प्रिमियममा जारी गर्ने तयारीमा रहेका उत्पादनमूलक क्षेत्रका कम्पनीहरू पनि आगामी दिनमा प्रभावित हुनेछन्।
सरकारले आफ्नो स्वामित्वमा रहेको नेपाल टेलिकमको सेयर पनि प्रिमियम मूल्य (न्यूनतम ६ सय रूपैयाँ प्रतिकित्ता) ७ प्रतिशत बिक्री गरेको थियो। जतिबेला टेलिकमको चुक्ता पुँजी १५ अर्ब थियो । आर्थिक ऐनले विगतमा प्रिमियम मूल्यमा एफपिओ जारी गरी बोनस सेयरका रूपमा लाभांश बाँडेको भए लाभांश बाँडेको जति रकम आयका रूपमा गणना गरी आयकर तिर्न भनेको छ ।

एफपिओमा सेयर बिक्री गरेका अधिकांश कम्पनीले लाभांश बाँडिसकेका छन् र कतिपय लगानीकर्ता आफ्नो सेयर बिक्री गरेरसमेत कम्पनीबाट बाहिरिसकेका छन्। यस्तो अवस्थामा सरकारले पश्चगामी कर नीति लिएर पुरानो आय कायम गराइ आयकर तिर्न भनेको छ।

त्यसैगरी, सरकारले कम्पनीहरू एकापसमा गाभिँदा वा प्राप्ति (मर्जर वा एक्विजिसन) मा सौदाबाजी गर्दा बार्गेन पर्चेज गेन भएको आयलाई करयोग्य आयका रूपमा गणना गरी त्यस्तो आयमा कर तिर्न भनेको छ। यो पनि सरकारको पश्चगामी निर्णय हो।
धेरै वर्षदेखि बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी र अन्य संस्था पनि गाभिँदै आएका थिए। यसरी संस्था मर्ज हुँदा सरकारले दुई वर्षसम्म पुँजीगत लाभकरमा छुट पनि दिँदै आएको छ। तर, अहिले बार्गेन पर्चेज गेन गरेको रकम पुनः आयका रूपमा देखाइ कर तिर्न भन्दा नयाँ लगानीहरू हतोत्साही हुने देखिएको छ ।
पुराना लगानीकर्ता आफ्नो स्वामित्व बिक्री गरी बाहिरिइसकेको स्थितिमा कम्पनीलाई पुरानो अवस्था सम्झाउँदै कर तिर भन्नु एकप्रकारले प्रतिगामी कदम नै हो। खासगरी विगतमा गाभ्दा वा गाभिँदा सौदाबाजी लाभ प्राप्त गरेका कम्पनीले करोडौं रुपैयाँ थप राजस्व तिर्नुपर्ने स्थिति आएको छ।
विगतमा मर्जरलाई अत्यधिक जोड दिएको सरकारले आफ्नो उद्देश्य पूरा भएसँगै पुरानो मुद्दा उठाएर कर असुलीको आधार बढाएको छ। सरकारी नीतिपछि वित्तीय क्षेत्रमा मर्जर एन्ड एक्विजिसनमा लहर नै आएको थियो। जसको परिणाम ३२ वाणिज्य बैंक २१ वटामा झरेका छन्।
समान हैसियतमा संस्था मर्ज वा एक्विजिसन हुँदा कुनै असर नगरे पनि सौदाबाजी लाभ पाएका कम्पनीमा ठूलो असर गर्ने छ। मर्जर प्रक्रिया सुरु भएको लामो समय भएकाले को–कति प्रभावित हुन्छन्, अहिले नै भन्न सकिने स्थिति छैन। कतिपय अवस्थामा साना संस्था सौदाबाजी लाभ गुमाएर पनि मर्जरमा सहभागी भएका थिए। भविष्य हेरेर मर्जरमा गएका कम्पनीहरू भने एकाएक सरकारले थप कर तिर्नुपर्ने परिस्थिति निर्माण गरिदिएपछि बिलखबन्दमा परेका छन्।
मर्जर प्रक्रियाबाट पनि राज्यले अर्बाैं राजस्व प्राप्त गर्नसक्छ। किनकि, वित्तीय क्षेत्रमा सरकारलाई आयकर ३० प्रतिशत तिर्नुपर्छ। यसआधारमा नबिल बैंकबाट मात्रै राज्यले ३५ करोडभन्दा बढी थप कर उठाउन खोजेको देखिन्छ। मर्जर र एफपिओमा कर छली भएको भन्दै महालेखापरीक्षकको कार्यालयले पटक–पटक प्रश्न उठाएपछि उदार भनिएका अर्थमन्त्री डा. प्रकाशशरण महतले पश्चगामी नीति लिँदै विगतदेखिको हिसाब निकालेर आयकर तिर्न बजेट मार्फत नै यस्तो भनेका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।