logo

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्ने मन्त्रिपरिषदको निर्णय

    521   पटक पढिएको



२९ वैशाख/अर्थ र व्यापार – सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको मंगलबार बसेको वैठकले नयाँ स्टक एक्सेचन्जको लाइसेन्सका विषयमा संसदमा प्रश्न उठेको भन्दै तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को कार्यालयबाट लाइसेन्स वितरण प्रक्रिया रोक्न लिखित निर्देशन आएको छ,’ अर्थ मन्त्रालय स्रोतले  भन्यो, ‘लगानीकर्ताको हितलाई ध्यानमा राख्दै थप अध्ययन गरेर मात्रै अगाडि बढ्नुपर्ने भएकाले तत्कालका लागि यो प्रक्रिया रोक्नू भन्ने निर्देशन आएको छ ।’

मन्त्रिपरिषद्को निर्देशनसम्बन्धी पत्र शुक्रबार धितोपत्र बोर्डलाई पठाइने मन्त्रालयले बताएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले केही महिना अगाडि नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि आवेदन माग गरेको थियो । आवेदन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतका दुई इजलासमा बेग्लाबेग्लै मुद्दा परेपछि यो प्रक्रिया झण्डै ६ महिना अवरुद्ध भएको थियो ।
लाइसेन्स वितरण प्रक्रिया रोक्न नमिल्ने भन्दै सर्वोच्चका दुवै इजलासले क्लिन चिट दिएपछि दुई साता पहिले सेवोनले आवेदन प्रक्रियालाई सुचारु गरेको थियो । जसमा निजी क्षेत्रबाट तीनवटा कम्पनीको आवेदन परेको थियो ।

धितोपत्र बोर्डले कम्पनीका प्रस्तावहरुको मूल्याङ्कन प्रक्रियालाई तीव्रता दिइरहेको बेला सरकारले नियामक निकायको अधिकारक्षेत्रमा हस्तक्षेप गर्दै लाइसेन्स वितरण प्रक्रिया रोक्ने निर्णय गरेको हो ।
सेयर बजारका लगानीकर्ताहरुले सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्जको भरमा मात्र सेयर बजारको विकास नहुने भन्दै लामो समयदेखि निजी क्षेत्रबाट नयाँ कम्पनीलाई लाइसेन्स दिन माग गर्दै आएका थिए ।
सेवोनले झण्डै १५ वर्षदेखि निजी क्षेत्रलाई स्टक एक्सचेन्जको लाइसेन्स दिने कसरत गरे पनि प्रक्रिया अगाडि बढाउन सकेको थिएन ।

‘लाइसेन्स प्रक्रिया रोक्ने निर्णय गरेको भन्ने मौखिक जानकारी आएको छ’ धितोपत्र बोर्डका एक अधिकारीले भने, ‘के कारण देखाएर रोक्नु भनिएको हो भन्ने खुलेको छैन, लिखित निर्देशन हात परेपछि मात्र केही भन्न सकिएला ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।