logo

सेयर कारोबारमा सरकार पनि डुब्यो, जम्मा १.१८ प्रतिशत मात्र वार्षिक प्रतिफल

    567   पटक पढिएको

७ बैशाख/अर्थ र व्यापार – पछिल्लो समय सेयर कारोबारमा लगानी गर्दा निजी लगानीकर्ता मात्र नभएर नेपाल सरकार पनि डुबेको छ । सरकारले ११४ वटा कम्पनीमा ३ खर्ब ५७ अर्ब ६३ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको छ ।

यि विभिन्न कम्पनीहरुबाट सरकारले आर्थिक वर्ष २०७८/७९ मा १ दशमलब १८ प्रतिशत मात्र नगद लाभांश पाएको छ । सरकारले विभिन्न ११४ वटा कम्पनीहरुमा सेयर लगानी गरेको मध्ये जम्मा ९ वटा कम्पनीले मात्र नगद लाभांश दिएका छन् । यहि अनुसार १०५ वटा कम्पनीमा गरिएको सेयर लगानीबाट सरकारले लाभांश पाउन नसकेको हो ।

गत आर्थिक वर्षमा ९ कम्पनीले सरकारलाई ४ अर्ब २४ करोठ ३७ लाख रुपैयाँ नगद लाभांश दिएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६६ दशमलब ७२ प्रतिशत कम रहेको महालेखा परिक्षकको ६० औं प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सेयर लगानीको प्रतिफल कम भएपनि सरकारले सेयर लगानी भने बढाउँदै लगेको छ । गत आर्थिक वर्षमा मात्र सरकारले सेयरमा १५ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ थप लगानी गरेको छ । १०५ वटा कम्पनीको सेयरमा सरकारले २ खर्ब ५८ अर्ब ७८ करोड २२ लाख रुपैयाँ बराबर लगानी गरेको छ ।

सो लगानीको प्रतिफल शुन्य रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । ११४ संस्था मध्ये ६९ वटा पूर्ण सरकारी स्वामित्वका सार्वजनिक संस्थान छन् । त्यसमा ४२ वटा संस्थान मात्र सञ्चालनमा रहेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।