logo

सेयर बजारमा पहिरो, २ हजारभन्दा तल झर्यो बजार सबै उपसमूहमा गिरावट

    542   पटक पढिएको


१७ फागुन/अर्थ र व्यापार – सेयर बजारको परिसूचक नेप्से बुधबार २ हजारभन्दा तल झरेको छ । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २४.४४ अंक घटेर १९९५ अंकमा कायम भएको हो । दिनभर कुल १ अर्ब २८ करोड रुपैयाँको मात्रै कारोबार भयो । यो रकम अघिल्लो दिनको तुलनामा १० करोड कम हो ।

बजारका सबै उपसमूहमा गिरावट आएको छ । बैंकिङ ७, विकास बैंक ५१, फाइनान्स १०, होटल तथा पर्यटन ४७, जलविद्युत् ३४, जीवन बीमा १५६, उत्पादन १११, माइक्रोफाइनान्स १०४, निर्जीवन बीमा ९७, अन्य १९ र ब्यापार उपसमूह २७ अंक घटे ।


आदर्श लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । बाराही हाइड्रोको ४.५ प्रतिशत बढ्यो । बोटलर्स नेपाल तराईको मूल्य सबैभन्दा धेरै ९.६ प्रतिशत घट्यो । सीवाईसी लघुवित्तको ५.७, उन्नती सहकार्य लघुवित्तको ५.४, उपकार लघुवित्तको ५.४ र एनआईसी एसिया लघुवित्तको ५.१ प्रतिशतले मूल्य घट्यो । कारोबार रकमका आधारमा माथिल्लो तामाकोसी, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र युनिभर्सल पावर कम्पनी क्रमशः अगाडि रहे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।