logo

बिपिडब्लुको आईपीओ बाँडफाँड

    593   पटक पढिएको


१७ फागुन­/अर्थ र व्यापार – बिपिडब्लु लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आईपीओ बाँडफाँड गरेको छ । ब्रिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार मंगलबार आईपीओ बाँडफाँड भएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरिएको ९ हजार ७०० कित्ता सेयर बाँडफाँड गरिएको हो ।
यसमा वैदेशिक रोजागरीमा रहेका नेपालीहरूले अधिकतम १० कित्ताका दरले सेयर पाएका छन् । कुल आवेदकमध्ये ९७० जनाले मात्र गोलाप्रथाबाट १० कित्ता हात पारेका छन् ।

कम्पनीले सर्वसाधारणमा निष्काशन हुने ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता साधारण सेयर निष्कासनका लागि छुट्टाएको थियो । सोमध्येको १० प्रतिशत बराबरको ९ हजार ७ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि माघ २२ देखि फागुन ८ गतेसम्मका लागि निष्काशन गरेको थियो।

जसमा १० कित्तादेखि १००० कित्तासम्म माग गर्ने १५ हजार ९१८ जना मध्ये ९७० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । आइपीओमा आवेदन गरेका १४ हजार ९४८ जनाको हात भने खाली भएको छ ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि भने फागुन १८ गतेदेखि साधारण सेयर जारी गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।