logo

सेयर बजार ओरालो गतिमा, नेप्सेमा २२ अंकको गिरावट

    590   पटक पढिएको

१९ माघ/अर्थ र व्यापार – साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार परिसूचक नेप्सेमा १.०४ प्रतिशतको गिरावट भएर २ हजार अंकको बिन्दुमा झरेको छ ।
गत ८ पुसमा १८६७.२१ अंकमा रहेको नेप्से १० पुसमा नयाँ सरकार गठनसँगै लगातार बढेर २५ पुसमा २२११.७७ अंकसम्म पुगेको थियो । त्यसपछि भने बजारमा उताचढाव देखिएपनि नेप्से घट्दै बिहिबार पुनः २१०० अंकको बिन्दुबाट तल झरेको छ ।

बिहीबार बजार परिसूचक नेप्से २२.१२ अंकले गिरावट हुदाँ २०९४.५४ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ भने कारोबार रकम पनि २ अर्बमा सीमीत भएको छ ।
बिहीबार सबै उपसूचकमा गिरावट हुँदा जीवन बीमा र हाइड्रोपावर उपसूचक २ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । कारोबार रकममा पनि खासै उत्साह नभए पनि बुधबारको भन्दा केही बढेको छ ।

यसअघि बुधबार १ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहिबार २ अर्ब ९ करोड ६४ लाखको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा एनआईसी एसिया बैंकको ५ करोड ५० लाख ४० हजार र आईएमई जनरल इन्स्योरेन्सको ४ करोड ९१ लाखको कारोबार भएको छ ।

बिहीबार बजारमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १९४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १९ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।