logo

दोहोरो अंकले बढ्यो नेप्से

    717   पटक पढिएको

१५ मंसिर/अर्थ र व्यापार– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । बिहीबार बजार परिसूचक नेप्से ११.२२ अंक –०.५८ प्रतिशत) ले वृद्धि भएर १९६१.०६ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि भएको छ । होटल तथा पर्यटन उपसूचक, लगानी उपसूचक र निर्जीवन बीमा उपसूचकमा भने गिरावट भएको छ । बजारलाई नेतृत्व गर्ने बैंकिङ उपसूचक नै ०.९९ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक सर्वाधिक १.२८ प्रतिशतले बढेको छ ।
बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ८६ करोडमा सीमित भएको कारोबार रकम बिहीबार ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३२ करोड २९ लाख ७२ हजारको कारोबार भएको छ ।
जसमध्ये नबिल बैंकको सर्वाधिक १४ करोड ४५ लाख ५७ हजारको कारोबार भएको छ । आकर्षक लाभांश गर्ने अपेक्षामा बैंकको सेयरमूल्य सँगै कारोबार रकम हरेक दिन बढ्दै गएको छ ।
बिहीबार एनसीसी बैंकको संस्थापक सेयर पनि ८ करोड १३ लाख ५९ हजारको कारोबार हुँदा हिमाल दोलाखा हाइड्रोपावरको ७ करोड ७८१ लाख ९४ हजारको कारोबार भएको छ ।
बिहीबार नेप्सेमा १९६ कम्पनीको सेयर कारोबार भएकोमा १०७ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ८४ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ५ कम्पनीको सेयरमूल्य स्थिर छ ।
जसमध्ये धौलागिरी लघुवित्तको सेयरमूलय सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै श्वेतगंगा हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.२१ प्रतिशतले वृद्धि हुँदा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयर मूल्य ५.०८ प्रतिशतले वृद्धि भएको छ ।
यता सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ३.६४ प्रतिशत, घलेम्दी हाइड्रोपावरको सेयरमूल्य २.६३ प्रतिशत र रुरु जलविद्युत कम्पनीको सेयरमूल्य २.५३ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।