logo

सामान्य अंकको गिरावटसँगै बन्द भयो सेयर बजार

    666   पटक पढिएको


२२ कात्तिक/ अर्थ र व्यापार – मंगलबार सामान्य अंकको गिरावटसँगै सेयर कारोबार बन्द भएको छ। आज नेप्से परिसूचक २.५७ अंकले घटेर १९५६ विन्दुमा आइपुगेको हो। यस्तै सेन्सेटिभ पनि १.१२ प्रतिशतले घटेको हो।
आज नेप्से परीसूचकसँगै कारोबार पनि घटेको छ। आजको कारोबार अवधिमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। जुन सोमबारको तुलनामा ४९.८७ प्रतिशतले कम हो। सोमबार पछिल्लो २५ कारोबार दिन यताकै सर्वाधिक २ अर्ब १० करोड बढीको सेयर किनबेच भएको थियो।
कारोबारको आधारमा आज शिवम् सिमेन्ट अग्रस्थानमा छ। कम्पनीको ८ करोड बराबरको सेयर किनबेच भएको हो। किनबेचका आधारमा अग्रस्थानमा भएपनि यस कम्पनीको सेयर मूल्य १.७८ प्रतिशतले घटेको छ।
यसैगरि, आज कालिका लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ। मंगलबार चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको लघुवित्तको सेयर मूल्य ५.७७ प्रतिशतले घटेको हो। वित्तीय विवरणमा कम्पनीको खुद नाफा गत वर्षको तुलनामा उल्लेख्य रुपमा घटेसँगै बिक्रेताको चाप बढेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।