logo

सेरयर कारोबारमा सुधार, नेप्से ४३.२० अंकले बढ्यो

    675   पटक पढिएको

२० कात्तिक/अर्थ र व्यापार – विगत केही दिनबाट सेयर बजारमा सुधार आएसँगै यो साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से २ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।
आइतबार बजार परिसूचक नेप्से ४३.२० अंक (२.२५ प्रतिशत) ले वृद्धि भएर १९६५.३६ अंकमा बन्द भएको छ । नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा सामूहिक लगानी कोष उपसूचक भने ०.०५ प्रतिशतले गिरावट भएको छ ।
जाल्पा सामुदायीक लघुवित्तले आकर्षक लाभांश प्रस्ताव गर्दा लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसले गर्दा लघुवित्त उपसूचक ४.५८ प्रतिशतले वृद्धि भएको छ ।
नेप्से उकालो लाग्दा कारोबार रकम पनि बढेको छ । गत बिहीबार ८० करोडमा सीमित भएको कारोबार रकम बढेर आइबार डेढ अर्ब नाघेको छ । आइतबार बजारमा १९ लाख १३ हजार ५७३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ८० लाख ३३ हजारको कारोबार भएको छ ।
जसमध्ये नेस्डो समृद्धि लघुवित्तको सर्वाधिक १० करोड १४ लाख ९७ हजारको कारोबार हुँदा एभरेष्ट बैंकको ७ करोड ९ लाख १ हजार र हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ७५ लाख ४८ हजारको कारोबार भएको छ ।
आइतबार नेप्सेमा कुल १८६ कम्पनीको सेयर कारोबार हुँदा १८५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । सिटिजन्स बैंकको सेयर मूल्य भने ०.५३ प्रतिशतले गिरावट भएको छ । यता महिला, जाल्पा सामुदायीक लघुवित्त, नेस्डो समृद्धि लघुवित्त उपकार लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।