logo

स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको नयाँ लाइसेन्स प्रक्रिया रोकियो

    655   पटक पढिएको



१५ कात्तिक/अर्थ र व्यापार – लामो समयदेखि निकै चर्चामा रहेको स्वदेशी पुँजि बजारमा स्कट एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको नयाँ लाइसेन्स वितरण गर्ने कार्य तत्कालकालागि रोकिएको छ । तोकिएको समयभित्र कुनै पनि आवेदन नै नपरी म्याद गुज्रिएका कारण नेपाल धितोपत्र बोर्डले लाइसेन्स वितरण गर्न लागेको स्टक एक्सचेन्जको नयाँ इजाजतको च्याप्टर अहिलेका लागि स्थगित भएको हो ।
यसअघि स्टक एक्सचेन्जको नयाँ लाइसेन्स विवादको सम्बन्धमा सर्वोच्च अदालतमा परेको रिटमाथि तिहार अघि नै अन्तरिम अल्पकालीन आदेश जारी गरेका कारण बोर्डले नयाँ आवेदन नलिने निर्णय गरेको छ । सोमबारसम्म कुनै पनि आवेदन नपरेको अवस्थामा सोमबार नै सर्वोच्च अदालतबाट अन्तरिम आदेश प्राप्त भइसकेकोले मंगलबारदेखि आवेन नै लिन नसक्ने अवस्थामा नेपाल धितोपत्र बोर्ड पुगेको हो ।
यसअघि बोर्डले ४५ दिने सूचनामार्फत नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्सको लागि आवेदन माग गरेको थियो । सो म्याद मंगलबार सकिएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश जारी गरिसकेको र कुनै पनि आवेदन नपरेकोले नयाँ स्टक एक्चसेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया हालका लागि रोकिएको बोर्डले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डका प्रबक्ता रुपेश केसीले सर्वोच्च अदालतको अन्तरिम आदेश आइसकेकोले मंगलबारबाट नयाँ आवेदन दर्ता लगायतका कुनै पनि काम हुने जानकारी दिए । अहिलेसम्म कुनै पनि आवेदन दर्ता नभएको बोर्डले जनाएको छ । बोर्डका प्रबक्ता केसीले भने, ‘आजसम्म कुनै पनि निवेदन दर्ता भएको छैन ।’ उनले अब यस विषयमा बोर्डले नै निर्णय गर्ने र जारी प्रक्रिया हाललाई स्थगित भएको बताए ।
सोमबार सर्बोच्च अदातलको आदेश बोर्डमा आईपुगेको जानकारि गराउँदै केसीले भने, ‘आदेश आएसँगै हामीले आवेदन लिने कार्य अहिलेलाई स्थगित गरिएको हो । आगामी २२ कात्तिकमा यो विषयमा छलफलका लागि बोलाइएको छ ।’ त्यसपछि आवेदन लिने वा नलिने टुंगो लाग्ने छ ।’
बोर्डले धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली, २०७९ अनुसार नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न इच्छुक कम्पनीका लागि आवेदन खुला गरेको थियो । बोर्डले स्टक एक्सचेन्ज र वस्तु विनियम बजार व्यवसायका लागि ४५ दिनको समय दिएर सूचना प्रकाशित गरेको थियो । सोही सूचना अनुसार थुप्रै कम्पनीहरुले अन्तिम दिन मंगलबार निवेदन दर्ता गर्ने योजना बनाएका थिए । सर्बोच्चको आदेशले उनीहरुको योजना समेत त्यसै तुहिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।