logo

नेप्से १६ अंकले बढ्यो, बैंकको सेयरमा लगानीकर्ताको आकर्षण

    726   पटक पढिएको

१४ कात्तिक/अर्थ र व्यापार – तिहारपछि बजार खुलेको पहिलोदिन सोमबार सेयर बजारमा हरियाली छाएर बन्द भएको छ । तिहार तथा छठको बिदा पछि कारोबार खुलेको पहिलो दिन सोमबार बजार दोहोरो अंकले बढेर बन्द भएको छ ।
सोमबार नेप्से १६.३९ अंकले बढ्दा परिसूचक १८७४.८७ विन्दुमा आइपुगेको छ । यसैगरि,सेन्सेटिभ पनि ४.९३ अंकले बढेको छ । सेयर बजार विश्लेषकहरुका अनुसार चाडबाड पछि खुल्ने पहिलो कारोबार सामान्यता सकारात्मक हुने भएकाले यो वृद्धिले निरन्तरता पाउने नपाउने भने निश्चित नभएको बताएका छन । तर, बैंकहरुले धमाधम साधारण सभा, लाभांश वितरण तथा बुक क्लोजको मिति सार्वजनिक गरिरहँदा बैंकहरुको सेयर माग र कारोबार दुवै उच्च रहेको उनीहरुको भनाई छ ।
पछिल्लो समय बजारमा उच्च कारोबार हुने कम्पनीहरुमा अधिकांश बैंक छन्। वाणिज्य बैंक उपसमूह आज सर्वाधिक १.५२ प्रतिशतले बढेको छ। कारोबारका आधारमा एनआइसी एसिया बैंक अग्रस्थानमा छ ।
बैंकको ६ करोडमाथि कारोबार भएको छ। यस्तै एभरेष्ट बैंकको ४ करोड, नबिल बैंकको ३ करोड ८० लाख र प्रभु बैंकको २ करोडभन्दा बढी कारोबार भएको छ । त्यसैगरि, केही दिनअघि आइपीओ जारी गरेर दोस्रो बजारमा सूचीकृत भएको सयपत्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले १० प्रतिशत मुनाफा हात पारेका छन् ।
त्यसैगरि, यसबाहेक सेयर मूल्य बढ्नेमा प्राय बैंकहरु नै छन् । नेपाल एसबीआइ बैंकको सेयर मूल्य ८.२४ प्रतिशतले बढेको छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ७ प्रतिशत, एनआइसी एसियाको ६.८० प्रतिशत, एभरेष्ट बैंकको ५.५७ प्रतिशत र प्रभु बैंकको करिब ५ प्रतिशत सेयर मूल्य बढेको छ ।
दिनभरको अवधिमा २२४ कम्पनीको २५ लाख ७४ हजार कित्ता सेयर किनबेच हुँदा ६९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।