logo

पिपुल्स पावरको ६३ लाख बढी साधारण सेयर नेप्सेमा सूचीकृत

    675   पटक पढिएको

२७ असोज/अर्थ र व्यापार – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार पिपुल्स पावर लिमिटेडको साधारण सेयर सूचीकृत भएको छ। बिहीबार नेप्से र कम्पनीबीच भएको सम्झौता अनुसार दोस्रो बजारमा कारोबार हुनेगरी ६३ लाख २६ हजार कित्ता साधारण सेयर सूचीकृत भएको हो ।

सो सेयर मध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरिएको ६ लाख ३२ हजार ६०० कित्ता, कर्मचारीसहित सर्वसाधरणमा बिक्री गरिएको २४ लाख ६७ हजार ४०० कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ३२ लाख २६ हजार कित्ता सूचीकृत भएको छ ।
सूचीकृत सेयर आइतबारबाट दोस्रो बजारमा कारोबार गर्न मिल्ने छ ।

नेप्सेले कम्पनीलाई कारोबारका लागि ‘पिपिएल’ संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि ओपनिङ रेन्ज ९४.९६ देखि २८४.८८ रुपैयाँ प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।